बर्दियामा २१ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपीभी) बिरुद्ध खोप
मुरली गोडिया, १९ माघ, बर्दिया । बर्दियामा २१ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने खोप अभियान बर्दियामा माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालय बर्दियाका खोप निरिक्षक बसन्ती मल्लका अनुसार जिल्लामा ३ सय ६ वटा खोप केन्द्रबाट र २ सय ७ विद्यालयमा गरी २० हजार ६ सय २१ जना किशोरीले खोप लगाउनेछन । विद्यालयमा १९ हजार ४ सय ९० र विद्यालय बाहिर समुदायमा १ हजार १ सय ३१ जनालाई खोप लगाइने उहाँले बताउनु भयो ।
बर्दियाका ८ स्थानिय तह मध्ये बारबर्दिया नगर पपालिकामा सवैभन्दा बढी ३ हजार २ सय ३७ जना किशोरीले खोप लगाउने छन । अभियानमा ९ सय १८ जनशक्ति खटनेछन । लक्षित समुहका किशोरी नछुटुन भन्ने उद्धेश्यले केन्द्र देखि वडा तहसम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको बर्दियाकी बरिष्ठ जनस्वास्थ अधिकृत सुनीता पौडेलले जानकारी दिनुभयो । छुटेकालाई स्वास्थ कार्यालयवाट पनि सेवा दिने बताइएको छ ।
Facebook Comments