• ३ चैत २०८१, सोमवार
  • २६ °C काठमाडौं
विश्वकप खो खो खेलमा रजत पदक ल्याउने ठाकुरबाबाका महिला तथा पुरुष खेलाडीलाई सम्मान

चुरेकुञ्ज, २२ माघ, बर्दिया । भर्खरै सम्पन्न विश्वकप खो खो महिला तथा पुरुष प्रतियोगितामा सहभागी भई रजत पदक ल्याउन सफल ठाकुरबाबा नगर पालिकाका १२ जना महिला तथा पुरुष खेलाडीहरुलाई सम्मान गरिएको छ । पालिकाले सहिद दिवसको अवसर पारेर खेलाडीहरुलाई नगद तथा सम्मान पत्रसहित सम्मान गरेको हो ।

सम्मान पत्र र नगद ३ लाख १० हजार रुपैया सहित खेलाडीहरुलाई सम्मान गरिएको ठाकुरबाबा नगरपालिका नगरप्रमुखको सचिवालयले जनाएको छ । खेलाडी सम्मानको क्रममा ठाकुरबाबा नगर पालिकालाई खो खो खेलका माध्यमबाट बिश्व समुदायमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडीहरुलाई आगामी दिनमा छुट्टै प्रशिक्षक व्यवस्थापन गरि पालिका भित्र रहेको क्लोज क्याम खेल मैदानबाट नै गर्नेगरी काम अगाडि बढाउने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले संयुक्त प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments