• ३ चैत २०८१, सोमवार
  • २५ °C काठमाडौं
पाठेघरको मुखको क्यान्सर बिरुद्ध (एचपीभी) खोप अभियान शुभारम्भ

मुरली गोडिया, २२ माघ, बर्दिया । बर्दियामा पाठेघरको मुखको क्यान्सर बिरुद्ध (एचपीभी) खोप शुभारम्भ भएको छ । मंगलबार सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ८ मा अवस्थित महाकवि देवकोटा माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी खोप अभियान शुरु गरिएको हो । 

जिल्लामा २१ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने खोप अभियान बर्दियामा माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । स्वास्थ्य कार्यालय बर्दियाका खोप निरिक्षक बसन्ती मल्लका अनुसार जिल्लामा ३ सय ६ वटा खोप केन्द्र छन् । 

बर्दियाका २ सय ७ विद्यालयमा गरी २० हजार ६ सय २१ जना किशोरीले खोप लगाउने छन । विद्यालयमा १९ हजार ४ सय ९० र विद्यालय बाहिर समुदायमा १ हजार १ सय ३१ जनालाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । ८ स्थानिय तह मध्ये बारबर्दिया नगरपपालिकामा सवैभन्दा बढी ३ हजार २ सय ३७ जना किशोरीले खोप लगाउने बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments