• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
मानव बेचविखन विरुद्ध ३ बर्षमा १३ हजार भन्दा बढी किशोरी महिलालाई बोर्डरमा परामर्श

मुरली गोडिया, २९ माघ, बर्दिया । मानव बेचबिखन बिरुद्ध संघर्षरत सामाजिक संस्थाको रुपमा बर्दियामा स्थापित शान्ति पुनस्र्थापना गृहले करिब ३ वर्षको अवधिमा १३ हजार जनालाई परामर्श दिएको छ । गृहको तथ्यांक अनुसार बर्दियाको विभिन्न नाकाहरुबाट भारत जान लागेका १३ हजार ३ सय ४२ जना किशोरी महिला तथा बालबालिकाहरुलाई मानवबेचखन विरुद्धको सचेतना संगै सोधपुछ गरि परामर्श दिएको हो । 

आर्थिक वर्ष २०७९/८० मा ३ हजार ६२ जनालाई परमार्श, जोखिमपुर्ण यात्रामा रहेका ५३ जनालाई उद्धार गरेको छ । त्यस्तै २०८०/८१ मा ७ हजार १ सय ८४ जनालाई परामर्श, ६९ जनालाई उद्धार, मानव बेचविखन उद्योग र सार्वजनिक मुद्धा १/१ वटा दर्ता भएको छ । शान्ति पुनस्र्थापना गृहका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्म ३ हजार ९६ जनालाई परामर्श र जोखिमपुर्ण यात्रामा रहेका २२ जना महिला तथा बालबालिकालाई उद्धार गरेको जनाएको छ । 

गृहले बर्दियाको सिमा नाकामा पर्ने बढैयाताल गाउँपालिकाको कण्ठपुर, गुलरिया नगरपलिकाको सुरजपुर र गणेशपुर साथै मधुवन नगरपालिकाको धनौरा स्थीत सिमा नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरी परामर्श, उद्धार तथा सचेतनाका क्रियाकलाप गर्दै आएको छ । संस्थाले महिला तथा बालबालिकाहरु मानव बेचविखनमा कसरी फस्छन भन्ने विषयमा समय समयमा सडक नाटक, अन्तत्र्रिmया सहित सचेतनामुलक कार्यक्रमहरुगर्दै आएको शान्ति पुर्नस्थापना गृह बर्दियाकी संयोजक सपना शर्माले चुरेकुञ्जलाई जानकारी दिनु भयो । 

मानव बेचबिखन विरुद्धको क्रियाकलाप एवं उद्धारका काम गरि रहँदा स्थानिय प्रहरी, प्रशासन, स्थानिय निकाय, सिमापारी सुरक्षा निकाय एवं सरोकारवाला निकाय संग समन्वय गर्दै आएको उहाँको भनाई छ । बर्दिया जिल्लाको नेपाल भारत बीच करिब ८३ किलोमिटर खुला सिमानाकामा संस्थाका ५ जना परामर्शदाताहरु निरन्तर काम गर्दै आएका छन ।

सम्बन्धित समाचार

Facebook Comments