• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
भारतमा अध्ययनरत विद्यार्थी मृत्यु प्रकरणको  सुस्म अध्ययन भैरहेको छ : उप प्रधानमन्त्री सिंह 

विष्णु अधिकारी, ७ फागुन, बर्दिया । भारतको उडिसामा रहेको विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृती लम्सालको आत्महत्याको विषयमा सुस्म अध्ययन भैरहेको नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले बताउनु भएको छ । भारतमा घटनापछि नेपाल सरकारले तत्काल कुटनितिक पहल थालेकोले अनुसन्धानबाट सत्यतथ्य सहितको यथार्थ विवरण बाहिर आएपछि मात्र नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँले बताउनु भयो । 

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ राधाकृष्ण मन्दिर पथ कालोपत्रे सडकको उद्घाटन कार्यक्रममा पत्रकारको जिज्ञासा बारे जवाफ दिदै नेता सिंहले घटना घटे लगत्तै सरकार तदारुकताका साथ अघि बढेको धारणा ब्यक्त गर्नुभयो । नेपाल सरकारको तर्फबाट सत्यतथ्य जानकारीका लागि भारतको राजधानी दिल्लीमा रहेको राजदुताबासबाट दुई जना अधिकृत लेबलका कर्मचारी खटाई घटनाको अनुसन्धान भैरहेको बताउनु भयो । उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले प्रजातन्त्र दिवसको अवसरमा गुलरियामा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण समेत गर्नु भएको छ । 

संघीय सरकारको समपुरक अनुदान एवं गुलरिया नगरपालिकाको सहलगानीमा निर्माण सम्पन्न गुलरिया नगरपालिका ६ राधाकृष्ण मन्दिर पथ कालोपत्रे सडकको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको उपस्थितीमा नेपाल सरकारका माननीय उप प्रधान तथा शहरी विकास मन्त्री सिंहबाट विधिवत रुपमा सडक उद्घाटन भएको छ । आजै उप प्रधानमन्त्री सिंहले नेपाली काँग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बारबार्दिया नगरपालिकामा रहेको प्रशासकिय भवनको समेत उद्घाटन गर्नु भएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments