• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
प्रजातन्त्र दिवसका अवसरमा मधुवनमा निःशुल्क स्वास्थ्य शिविर 

हरि गुरुङ, ७ फागुन, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ बालकुमारी स्थित जनआधार आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरि प्रजातन्त्र दिवस मनाइएको छ । मधुवन नगरपालिकाको आयोजनामा नागरिकका विभिन्न रोगहरु चेक जाँचगर्दै ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको हो ।

स्वास्थ्य शिविरमा ४ सय ६९ जनाले सेवा लिएका थिए । जसमा स्त्रीरोगतर्फ ४९ जना, हाडजोर्नी तथा नसा सम्बन्धि १ सय ८५ जना, आँखा जाँच सेवा १ सय ६० जना र जनरल सेवा ७५ जनाले सेवा  लिएको मधुवन नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत मणिराम आचार्यले जानकारी दिनुभएको छ । उक्त शिविरमा डाक्टरहरु क्रमशः डा.संकेत रिसाल, स्वास्थ्य  सल्लाहकार मधुवन नगर पालिका, स्त्रिरोग तर्फ डाक्टर उर्मिला रिसाल पराजुली, हाडजोनी तथा नशारोग विशेषज्ञ डा. लक्ष्मण सिग्देलले चेकजाँच गर्नु भएको छ । 

डा. पुरुषोत्तम वर्मा, डा. संकल्प सिग्देल, डा. महिमा शाह, डा. आशिष कुमार बानियाँ र मधुवन नगर अस्पतालका डा. कुलदिप कुमार यादवले निःशुल्क स्वास्थ्य सेवा दिनु भएको मधुवन स्वास्थ्य शाखा प्रमुख गिता घिमिरेले जानकारी दिनु भएको छ । स्वास्थ्य जाँच कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, उप–प्रमुख अनिता चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीहरुको उपस्तिथि रहेको थियो । नेपालको इतिहासमा जहाँनिया राणा शासनको अन्त्य भइ प्रजातन्त्र उदय भएको गौरवपुर्ण र अविस्मरणीय दिनका रूपमा फागुन ७ गतेलाई लिने गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments