• ११ वैशाख २०८२, बिहिवार
  • १९ °C काठमाडौं
भारतमा विद्यार्थी मृत्यु प्रकरणको सत्यतथ्य छानविनको  मागगर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

मुरली गोडिया, ८ फागुन, बर्दिया । भारतको उडिसामा भएको नेपाली विद्यार्थीको मृत्यु लगायत अन्य विद्यार्थीहरुमाथि गरिएको क्रियाकलापको बिरुद्धमा नेपाल विद्यार्थी संघ बर्दियाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघका सचिव जयराम विसीको नेतृत्वमा विभिन्न ६ बुँदे माग राखी ज्ञापन पत्र बुझाईएको हो । 

भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विश्वविद्यालयले गरेको ब्यवहारको नेविसंघले घोर भत्र्सना गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । छात्राको मृत्युमा भारत स्थित राजदुतावास, अन्तर्राष्ट्रिय मानव अधिकार आयोग लाई अनुसन्धान गर्न समेत ध्यानाकर्षण गराईएको छ । निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरिनुपर्ने, उजुरीमा लापरवाहि र कारवाही गर्न असफल भएकोमा दोषी विद्यार्थी र जिम्मेवार विश्वविद्यालयका अधिकारीहरु माथि तत्काल कानुनी कारवाहि गरिनुपर्ने लगायतका मागहरु नेविसंघको छ । 

त्यस्तै भारतका अन्य सस्थाहरुमा नेपाली विद्यार्थीहरुको लागी सुरक्षाको ग्यारेन्टि गरिनुपर्ने लगायतका ६ वुँदे माग राखी प्रमुख जिल्ला अधिकारी रुद्रा देबि शर्मा मार्फत प्रधानमन्त्री लगायत मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको नेपाल विद्यार्थी संघ बर्दियाका सचिव जयराम बिसीले बताउनु भयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले घटना बारे ध्यानाकर्षण भएको र सम्बन्धीत निकायमा तत्काल पत्र पठाउने प्रतिवद्धता ब्यक्तगर्नुभयो । भारत बाट फर्किने बिद्यार्थीको लागि निर्देशन अनुसार कार्य गरि रहेकोले अन्य कुनै पनि समस्या वा सुचना कोलागि बिद्यार्थीहरुले भुमिका खेल्न आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments