गुलरिया नगरपालिका ६ नम्बर वडाको सहयोगमा पाठेघरको चेकजाँच
चुरेकुञ्ज, १७ फागुन, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडावासी महिलाहरुको लागि पाठेघरको चेकजाँच सम्बन्धी निःशुल्क शिविर गरिएको छ । वडाको आधारभुत स्वास्थ्य केन्द्रको आयोजनामा सर्भिकल क्यान्सर स्क्रिनिङ क्याम्प (भीआईए) गरिएको हो ।
कोहलपुर मेडीकल कलेज बाँकेकी प्रसुती रोग विशेषज्ञ डाक्टर कविता सिन्हाको नेतृत्वमा रहेको चिकित्सक टोलीले वडाका महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी परिक्षण गरेको गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकास शर्माले बताउनु भएको छ ।
शिविरमा १ सय १० जना महिलाहरुले सेवा लिएका छन् । जसमध्ये ८२ जना महिलाहरुको भीआईए परिक्षण गरिएको शर्माले बताउनु भएको छ । भीआईए परिक्षण गरिएका महिलाहरुको कुनैपनि रोग नदेखिएको उहाँले जानकारी दिनुभयो । वडाले यसअघि पनि स्वास्थ्य शिविर आयोजना गरिसकेको छ ।
Facebook Comments