बढैयातालको दोस्रो वडा अध्यक्ष कपको फाईनलमा वडा नम्बर ८ र २ भिड्दै
दल बहादुर सुनार, २७ फागुन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा संचालित दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोताको पहिलो खेलमा वडा नम्बर ८ र दोस्रो खेलमा वडा नम्बर २ विजयी बनेका छन् । बढैयातालको मयुर युवा क्लब स्थित खेल मैदानमा फागुन पहिलो सेमिफाइनल खेलमा वडा न. ८ ले वडा न ५ लाई शुन्यको विरुद्ध ७ गोलगर्दै फाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै वडा न ४ र वडा न. २ बिच भएको खेलमा ट्राइबेकरमा २ को विरुद्ध ४ गोलगर्दै वडा न.२ फाइनलकामा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा वडा न. ८ का शेरबहादुर जि.सि र दोस्रो भएको सेमिफाइनलमा वडा न २ का आशिष ओलि म्यान अफ द म्याच घोषित भए ।
म्यान अफ द म्याच हुने दुबै लाई नगत पाँच पाँच सय रुपैया पुरस्कार प्रदान गरिएको प्रतियोगिता संचालन उप समितिका संयोजक हिकमत सुनारले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु २० हजार र दोस्रो हुनेले रु १० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Facebook Comments