बाँसगढी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका अन्सारी निर्वाचित
विन्दु चौधरी, ६ चैत्र, बाँसगढी (बर्दिया) । बाँसगढी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) तर्फबाट उसमान अन्सारी सभापति पदमा विजयी हुनु भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट सभापति पदमा नेविसंघका उसमान अन्सारी सहितको प्यानल निर्वाचित भएको छ ।
अन्सारीले ८८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्वबियुुका शेर बहादुुर गुुजरले ७३ मत प्राप्त गर्नुभयो । त्यस्तै अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार रवि बिकले ६९ मत प्राप्त गर्नु भएको छ । नेवि संघका सुुजन थारु १ सय मतका साथ सचिवमा निर्वाचित हुनु भएको छ । सचिव पदका प्रतिस्पर्धी अनेरास्ववियुका मनिषा योगीले ६५ मत ल्याउदा अखिल क्रान्तिकारीका हरि शाहीले ६३ मतमा सीमिति हुनु भएको छ । कोषाध्यक्षमा नेवि संघ कै बिन्दुु खड्का निर्वाचित हुनु भएको छ ।
उहाँका प्रतिस्पर्धी अनेरास्ववियुुका सुुदिप थारुले ८० र अखिल क्रान्तिकारीका रमिता थारुले ६५ प्राप्त गर्नु भएको छ । त्यस्तै सदस्यहरुमा अनेरास्ववियुुका सुुस्मिता थारु, नेवि संघका इरेना कुुमारी थारु, सृष्टि भण्डारी, दिलमायाँ सुुनार र रोहित तिवारी बिजयी हुनु भएको बताईएको छ । बाँसगढी बहुुमुुखी क्याम्पसको स्व.वि.युु निर्वाचनमा अनेरास्ववियुुका एक सदस्य निर्वाचित हुन सफल हुनु भएको छ । अन्य सम्पूर्ण पदहरुमा नेविसंघको प्यानल निर्वाचित भएको छ ।
निर्वाचन परिणामपछि क्याम्पसमा विजय र्याली निकालिएको थियो । सोही क्रममा नवनिर्वाचित अन्सारीले आफ्नो कार्यकालमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी हकहितका विषयमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विजयी सभापति अन्सारीले निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै “विद्यार्थीहरूको विश्वासलाई सम्मान गर्दै क्याम्पसको विकास र विद्यार्थी हकहितका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
१६ °C काठमाडौं
Facebook Comments