• ३ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
अमर सहिद बहुमुखी क्याम्पस राजापुरको स्ववियु सभापतिमा नेविसंघका थारु बिजयी

पुरुषोत्तम खनाल, ६ चैत्र, बर्दिया । बर्दियाको राजापुरमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । मंगलबार भएको स्ववियु निर्वाचनमा १६ मतले अनेरास्ववियु (क्रान्तिकारी) लाई पराजितगर्दै नेपाल विद्यार्थी संघको अमृत थारु सभापति रहेको संयुक्त प्यानलले जित हासिल गरेको हो । 

कुल मत ६१५ मध्ये प्रत्यक्षतर्फ खसेको मत ४९५ र समानुपातिक तर्फ ५०० मत खसेको थियो । विजयी ¥यालीमा आफ्नो छोटो भनाई राख्दै निर्वाचित सभापति थारुले सबै विद्यार्थीहरुको जित भएको भन्दै सधैभरी विद्यार्थीहरुकै हितमा काम गर्ने वताउनु भयो । 

आफ्ना घोषणा पत्र अनुसार विश्वास जितेको भन्दै आफु सोही अनुसार कटीबद्ध रहने सभापति थारुको भनाई छ । राजापुरमा नेविसंघ र अनेरास्ववियुको साझा प्यानल, अनेरास्ववियु (क्रान्तिकारी), र नागरिक विद्यार्थी समाज विच कडा प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments