• १० असार २०८३, बुधवार
  • २७ °C काठमाडौं
महिलालाई प्रजनन स्वास्थ्यसहितको सशक्तिकरण तालिम

मुरली गोडिया, १२ चैत्र, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ भित्रका २ सय ५० जना भन्दा बढी महिला, किशोरीहरुलाई सशसक्तिकरण तालिम दिइएको छ । प्रायः महिलाहरु शिक्षा स्वास्थ्य तथा कुनैपनि कार्यालयमा जाँदा गाह्रो मान्ने र खुलेर आफना कुरा राख्न नसकिरहेको अवस्थामा विविध विषयमा उनिहरुलाई सचेतना गराइएको हो ।

आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम र अन्य  महिलाहरूलाई एकै स्थानमा राखी प्रजनन स्वास्थ्य, वडा कार्यलयले दिने सेवा प्रवाह, स्वास्थ्य केन्द्रले दिने सेवा, संविधानमा उल्लेख गरिएको आवश्यक कानुन लगायतका विषयमा जानकारी गराइएको छ । गुलरिया नगरपालिका वडा नम्बर ६ को सहयोगमा शान्ति पुर्नस्थाना गृहको आयोजनामा तालिम प्रदान गरिएको छ । गुलरिया नगरपालिका वार्ड नम्बर ६ वडा सदस्य एवं नगर कार्यपालिका सदस्य शोभा भण्डारीले महिलालाई लक्षित गरि सशक्तिकरण तालिमले नेतृत्व तहमा पुग्न समेत टेवा पुग्ने बताउनु भएको छ । 

तालिमले वडा कार्यलयमा कुनै कागजात बनाउन जाँदा के के चाहिन्छ भन्ने कुराको समेत तालिमले सहज बनाएको छ । महिलाहरुका लागी बनेका संवैधानिक अधिकार, कानुनी प्रावधान, महिला नेतृत्वको परिभाषा तथा अधिकार लगायतका विषयमा जानकारी दिइएको आयोजक संस्था शान्ति पुर्नस्थापना गृहकी संयोजक सपना शर्माले जानकारी दिनुभयो । तालिमलाई अधिवक्ता लक्ष्मी नेपाल, वडा नम्बर ६ का वडा सचिव केशवराज खनाल, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ६ कि सिनियर अहे. दीपा ज्ञवाली र शान्ति पूर्णस्थापना गृहकी संयोजक सपना शर्माले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments