• ३० वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
श्रमिक महिलाहरुको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण 

दलबहादुर सुनार, १८ चैत्र, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिकामा श्रमिक महिलाहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गरिएको छ । गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले समान कामको समान ज्याला पाउनु पर्नेमा जोड दिँदै, ज्यालामा हुने विभेद महिलाको श्रममाथिको अपमान भएको बताउनु भएको छ । यदि श्रमिकहरूले उचित ज्याला नपाएमा न्यायिक समितिमा उजुरी दिन सकिने सुझाव उहाँको छ ।

समाजकी सामाजिक परिचालक उषा चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै, श्रमिक महिलाहरूले अझै पनि समान कामका लागि समान ज्याला नपाइरहेको बताउनुभयो । सहभागीहरूले महिलाहरूले पुरुषहरूको तुलनामा धेरै काम गर्नुपर्ने भए पनि उचित पारिश्रमिक नपाउने गुनासो राखेका थिए । उनीहरूले राज्यले तोकेको न्यूनतम ज्यालाबारे श्रमिकहरूलाई थाहा नभएको र ठेकेदार मार्फत ज्याला मजदुरी गर्दा सरकारले तोकेको पारिश्रमिक नपाएको अनुभव सुनाए ।

अभिमुखीकरण कार्यक्रममा अधिवक्ता राजकुमार थारुले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बढैयाताल गाउँपालिकाका वडा नं. ४, ५, ६, ७ र ९ का ३० जना श्रमिक महिलाहरू सहभागी रहेको बताईएको छ । बढैयाताल गाउँपालिका ७ न. वडाका अध्यक्ष राधेश्याम थारूको अध्यक्षतामा भएको कार्यक्रममा कमैया महिला जागरण समाजका कार्यक्रम संयोजक रमेश चौधरीले उद्घाटन सत्रको सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments