• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
बढैयातालमा वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल 

दलबहादुर सुनार, २१ चैत्र, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका वडा नम्बर ८ कार्यालयले वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान स्वरूप साइकल र छाता वितरण गरेको छ । बिहिवार एक कार्यक्रम आयोजना गरी १२ जना स्वयंसेविकालाई साइकल प्रदान गरिएको हो ।

वडा अध्यक्ष तेजनाथ पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहन स्वरूप साइकल प्रदान गरिएको बताउनु भयो । घर घरमा सेवा पु¥याउने, इमानदार र जिम्मेवार स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नवजात शिशुदेखि पाँच वर्षसम्मका बालबालिकाको खोप अभियानमा अहोरात्र खटिने उनीहरूको सेवा सुविधामा राज्यले ध्यान दिनुपर्नेमा वडा अध्यक्ष  पौडेलले जोड दिनु भयो ।

स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले वडा कार्यालयले १ लाख रुपैयाँ बराबरको साइकल र छाता वितरण गरेको जनाएको छ । साथै, स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको आवश्यकताहरू पूरा गर्न सरकारको महत्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविका सीता काफ्लेले आफूहरूले अघिल्लो वर्ष साइकल पाउने आश्वासन पाएको तर ढिलाइ भएको बताउनु भयो । 

तर ढिलै भए पनि साइकल र छाता पाउँदा सेवा प्रवाह सहज हुनेमा खुसी व्यक्त गर्नुभयो । साइकल वितरण कार्यक्रममा वडा सदस्य उद्धव न्यौपाने, ममता घर्तीमगर, कृष्णकला सुनार, कालिका स्वास्थ्य चौकीका इन्चार्ज राजु थापा, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतको उपस्थिति रहेको वडा सचिव स्वस्तिका पौडेलले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments