• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
बढैयाताल छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता बैशाख २ गतेदेखि

दलबहादुर सुनार, ३१ चैत्र, बढैयाताल (बर्दिया) । बढैयातालमा छैठौं अध्यक्ष कप पालिका स्तरीय फुटबल प्रतियोगिता आगामी बैशाख २ गतेदेखि शुरु हुने भएको छ । मयुर युवा क्लब, बढैयातालको आयोजना र बढैयाताल गाउँपालिकाको संरक्षकत्वमा नयाँ बर्षको अवसर पारेर आयोजना हुन लागेको हो ।

“स्वास्थ्य, अनुशासन, लगनशीलताः खेलाडी उत्पादनमा हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिता मयुर युवा क्लबको खेलमैदानमा हुनेछ । प्रतियोगितामा जिल्लाका दुई गाउँपालिका र छ नगरपालिका गरी आठ पालिकाहरूको सहभागिता रहने बताईएको छ । प्रतियोगिताको उद्घाटन खेल गेरूवा गाउँपालिका र बाँसगढी नगरपालिकाबीच हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । बैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नकआउट आधारमा खेल हुने छ ।

प्रतियोगिताको विजेतालाई नगद रू. १ लाख १ हजार १११, उपविजेतालाई रू. ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै बिदागत रूपमा पनि पुरस्कारको ब्यबस्था रहेको क्लबका कोषाध्यक्ष सम्शेर मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको तयारी पूरा भइसकेको जनाइएको छ । मयुर युवा क्लबका अध्यक्ष ईश्वर बहादुर रानामगरको अध्यक्षता तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । 

कार्यक्रमको सञ्चालन हिक्मत सुनारले गरेका गर्नुभएको थियो । वडा नं. ८ को सभाहलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा वडा सदस्य उद्दव न्यौपाने, महिला सदस्य ममता घर्तिमगर, लुम्बिनी प्रदेश फुटबल संघका प्रतिनिधि अजितराज भण्डारी, स्थानीय पत्रकार तथा खेलाडीहरूको उपस्थिति रहेको मयुर युवा क्लबले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments