• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
बाँसगढी नगरपालिका बढैयातालमा संचालित जिल्ला अध्यक्ष कप फुटबलको फाईनलमा

दलबहादुर सुनार, ६ बैशाक, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा जारी छैटौँ जिल्ला स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बाँसगढी नगरपालिका विजयी भएको छ । शनिबार भएको खेलमा बाँसगढीले बारबर्दिया नगरपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 

निर्धारित समयको पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

तियोगिताको दोस्रो सेमिफाइनल खेल आइतबार (बैशाख ७ गते) आयोजक बढैयाताल गाउँपालिका र ठाकुरबाबा नगरपालिकाबीच मयुरको खेलमैदान, नयाँबस्तीमा हुने बताईएको छ । मयुर युवा क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लका अनुसार प्रतियोगिता बैशाख २ गतेदेखि सुरु भई बैशाख ९ गते समापन हुनेछ ।

सम्बन्धित समाचार

Facebook Comments