• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
नेकपा एकीकृत समाजवादी बर्दियाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र (पूर्णपाठ सहित)

चुरेकुञ्ज, २० वैशाख, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बर्दियाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न ५ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

संविधान जारी भएको १० बर्ष वितिसक्दा पनि मुलुक पुरानै प्रणालीमा हिडिरहेको ज्ञापन पत्रमा उल्लेख छ । सीमा नाकाबाट हुने आयात, किसानहरुका समस्या, कुटानी, पिसानी, अटोरिक्सा भाडा, लागुऔषध नियन्त्रण लगायत जनसरोकारका विषयहरु ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रको पूर्णपाठ :

मितिः २०८२/०१/१९

सम्माननिय प्रधानमन्त्री ज्यू
नेपाल सरकार मन्त्रीपरिषद को कार्यालय
सिंदरबार काठमाडौ नेपाल ।
मार्फत
श्री प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय बर्दिया

विषय : ज्ञापनपत्र ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम द्वारा शान्ति, सुव्यवस्था विकास र समृद्धिको आकाक्षा पुरा गर्न संविधानसभा द्वारा संविधान जारी भएको १० वर्ष पुरा भैसकेको छ । राजनीतिक हिसाबले हामी लोकतान्त्रिक गणतन्त्रात्मक व्ययस्यामा छौ तर मुलुकको आर्थिक जिवन र प्रणालीका हिसाबले पुरानै बाटोमा हिडीरहेका छौ । हामीले व्यवस्था फेंर्यौ तर जन अपेक्षा वमोजिम अवस्था फेर्न सकिरहेका छैनौ । खासगरी राजनितिमा बढेको अस्थिरता अराजकता अविश्वास र उत्पादनमा बढेको ह्रास लगानी र पुँजिगत खर्चमा भएको कमि, रोजगारीमा कटौती, बेरोजगार वृद्धि, युवाहरूमा बढ्दो पलायन जस्ता प्रकृतिले पुनउत्थानवादी र प्रतिगामी शक्तिहरू लाई हौसला बढिरहेको छ उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकता लाई खलबल्याउने प्रयत्न गरिरहेका छन् । राज्यका सबै तह र तप्कामा भ्रस्टाचार र ढिलासुस्ती बढ्दै गइरहेको छ । मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षप गर्दै मुख्यतः रोजगारी र सुशासन लाई राजनीति र राज्यको प्रमुख मुद्दा बनाउन अति आवश्यक भैसकेकोछ ।

यस अवस्थामा संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विद्रोह मार्फत स्थापित हाम्रो पार्टीले सुशासन रोजगारी र समाजवादको तयारी भन्ने नाराका साथ २०८१ चैत्र १ गते देखि देशव्यापी आन्दोलन तथा राष्ट्रिय संवादमा रहेको छ । यसै क्रममा लगानी र पुजिगत खर्चमा भएको कमि, रोजगारीमा कटौती बेरोजगार बुद्धि, युवाहरूमा बढदो पलायन जस्ता प्रकृतिले पुनउत्थानवादी र प्रतिगामीहरु शक्तिहरू लाई हौसला बढिरहेको छ । उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खलबल्याउने प्रयत्न गरिरहेका छन् । राज्यका सबै तह र तप्कामा भ्रस्टाचार र ढिलासुस्ती बढदै गइरहेको छ । मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यत रोजगारी र सुशासन लाई राजनीति र राज्यको प्रमुख मुद्दा बनाउन अति आवश्यक भैसकेको छ । 

यसै क्रममा हामीले बर्दिया जिल्लामा विभिन्न सरोकारवालाको सल्लाहा सुझाव छलफल बाट केही प्रस्तावहरु तय गरेका हौ । जसलाई हामीले मांगको रुपमा प्रस्तुत गर्दै यस जिल्लामा उक्त माँगहरु पुरा गर्न सम्बन्धित सरोकारवाला निम्ब र सरकार संग जोडदार माग गर्दछ ।

हाम्रा मागहरु :

१) अवैध रूपमा भारतीय नाकाबाट आयात गरिने कृषीजन्य उत्पादनहरु माछा मासु दुध अण्डा तरकारी लगायतका वस्तुहरु सजिलै प्रवेश हुने र यहाँका किसानहरूले आाफ्नो उपादनको लगानी अनुसारको मुल्य पाउनको लागि भारतीय वस्तुहरु संग कम्पोटियन पनि गर्न नसक्ने भएको हुँदा नाका पारी बाट भित्रिने बस्तुहरु लाइ पूर्ण रूपमा आयातमा बन्देज लगाइयोस ।.

२) अब वर्षे वाली खेती गर्ने समय नजिकै आइरहेको र किसानहरुको समयमै आवश्यकता अनुसारको रासायनिक मल विउ नपाउने तथा मल कहाँ पाइन्छ भन्दै दगुरा दगुर गर्ने अवस्था विद्यमान नै छ तसर्थ समयमै रासायनिक मल बिउ तथा आवश्यक पर्ने कृषिजन्य सामग्रीको व्यवस्था गरियोस् । साथै स्थानीय कृषकहरुले उत्पादन गरेको बस्तुको उचित मुल्य निर्धारण गर्ने काम गरियोस ।

३) यस जिल्लाको विभिन्न पालिकामा कुटानी पिसानी तथा खनजोतमा मुल्य अलग अलग रहेको र खासगरी गेरुवा नदी पारीको दुइटा पालिकामा प्रत्येक वस्तुको कुटानी पिसानीमा अन्य पालिकाको भन्दा झण्वै दोब्बर भएको हुँदा त्यहाका जनताहरु मर्कामा छन । एउटै जिल्लामा परोक्त चिजहरुको मुल्यमा एक रुपता ल्याइयोस । साथै लिल्लाको विभिन्न ठाउँमा चल्ने अटोरिक्सा लगायतका सार्वजनिक सवारी साधनहरूो जथाभावी भाडा असूरी रहेको हुँदा जनतालाई सुविधा हुने गरि दूरीका हिसाबले भाडा तोकियोस ।

४) यस जिल्लामा भैरहेका निर्माण कार्यहरू समयमै सम्पन्न नभईरहेको अवस्थामा जटिल समस्याहरु हुँदै आएका छन । जस्तै गेरुवा गापा वार्ड नम्बर २ को राजिपुर प्वाइन्टमा तटबन्ध गर्न ठेक्का पट्टा भैसकेको र समयमा काम नभएकोले सो ठाउँमा तटबन्ध गर्न अति आवश्यक भएको तथा बर्षेनी त्यही ठाउँ बाट बाढी पस्ने खतरा रहिरहने हुँदा समयमै उक्त ठाउँमा तटबन्ध गर्नुपर्ने हुन्छ । साथै राजापुर रिंगरोड अन्तरगतको मंगलपुर चौक देखि जनकनगर गर्नुपर्ने बाटो स्तरोन्नतीको कार्य लथालिङ्ग भएको र सो बाटोको स्तोनत्तर गर्ने काम चाँडो गरियोस । साथै सोही रोडको बाकी खण्ड टिउनी देखि राजापुर सम्म पुरानो बाटो जिर्ण भैसकेको र साँघुरो रहेको हुदा उक्त खण्ड लाई पनि उपरोक्त सडक बमोजिम नै गरियोस । उक्त बाटोको काम सुचारु नभैरहेका कारण सवारी दुर्घटना जगात जटिल समस्याहरु उत्पन्न हुँदै आएका छन ।

५) जिल्लाको विभिन्न नाफा बाट अवैध रुपमा लागू पदार्थ चोरिछिपी आउने र स्थानीय युवा किसोर किसोरीहरु लागु पदार्थको कुलतमा फसि समाजमा चोरी गुण्डागर्दी लगायतका कार्यहरु भैरहेको हुदा उपरोक्त कार्य नियन्त्रण गर्न कडाइ गरियोस ।

धन्यवाद

प्रेम प्रसाद पोखरेल
अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बर्दिया

सम्बन्धित समाचार

Facebook Comments