• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
नेकपा एकिकृत समाजवादी बर्दियाको अधिवेशनको तयारी अन्तिम चरणमा

चुरेकुञ्ज, २५ जेठ, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी समाजवादी जिल्ला कमिटि बर्दियाको यहि जेठ २८ गते हुने ९ औं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यस अघि नै हुने भनिएको अधिवेशन प्राविधिक कारणले पछि सारिएको थियो ।

नेपाली राजनीतिमा विषम परिस्थितिमा रहेको र अहिले देशभरि नेकपा एकीकृत समाजवादीले संगठानात्मक रुपमा वैधानिकताको लागि प्रदेश र जिल्ला अनि स्थानीयतह सम्म अधिवेशन सम्पन्न गर्न लागेको नेकपा एस जिल्ला कमिटि बर्दियाका उपसचिव एवम् प्रचारप्रसार प्रमुख प्रतापकुमार गौतमले बताउनु भएको छ । नेकपा एकीकृत समाजवादीले देशभरिका कार्यकर्तालाई परिचालन गरेर चुस्त दुरुस्त कमिटी निर्माणमा लागेको छ । 

यसैक्रममा बर्दिया जिल्लाको अधिवेशन ०८२ साल जेष्ठ २८ गते बुधवार सम्पन्न गर्नको लागि तयारी अन्तिम अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न बर्दिया जिल्लाका श्रमजीवी जनता, किसान, मजदुर शिक्षक, बुद्धिजीवी कानुन व्यवसायी, उद्योगी व्यापारीबाट सहयोगको अपेक्षा समेत गर्दछौ । यस अधिवेशनमा जिल्लाका ८ वटा पालिकालाई भुगोल तोकी प्रतिनिधि समेत जेष्ठ २४ गते एकैदिनमा सबै पालिकामा छनौट गरिएको छ । 

जिल्लाका सबै पालिकाबाट ३ सय ५० जना  प्रतिनिधि छनौट भएको गौतमको भनाई छ । उहाँले अधिवेशनमा नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनु भएको छ । अधिवेशनमा सबैभन्दा धेरै गुलरिया नपाबाट १ सय ८ जना प्रतिनिधि र सबैभन्दा थोरै ठाकुरवावाबाट १० जना प्रतिनिधि छनौट भएको उहाँले बताउनु भयो । 
अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताईएको छ । अधिवेशनलाई भव्य सभ्य बनाउन बर्दियाली जनताको अपार माया र स्नेह प्राप्ति गरेकाले अधिवेशनलाई सफल पार्नमा सञ्चारकर्मीको पनि महत्वपूर्ण भुमिका रहने उहाँको भनाई छ । पार्टीका नेताहरुको विचारलाई पत्र पत्रिका, अनलाइन, एफएम रेडियोमा प्राथमिकतामा राखि सम्प्रेषण गर्न उहाँले सञ्चारकर्मीहरुलाई अनुरोध गर्नु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments