• ७ वैशाख २०८३, सोमवार
  • १८ °C काठमाडौं
मधुवन नगरपालिकाका नगर प्रवक्तासँग मिडिया कार्यक्रम अन्तरगत पत्रकार भेटघाट

समिक्षा अधिकारी, २० असार, मधुवन (बर्दिया) । मधुवन नगरपालिमा नगर प्रवक्ता संग मिडिया कार्यक्रम अन्तर्गत पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपलिकाको आयोजना, बबई बिज्ञापन केन्द्र बारबर्दियाको समन्वयन तथा सामुदायिक रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्ज मधुवन ६ को सहकार्यमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नगर प्रबक्ता मेक बहादुर गुरुङले नगरपालिकाले स्वास्थ्य, कृषि, शिक्षा लगायत भौतिक पूर्वाधारका क्षेत्रमा गरेका उपलब्धीहरु प्रस्तुत गर्नु भएको छ । जस अन्तर्गत पालिकाले नगर अस्पताल सानाश्री संचालनमा ल्याएको छ । त्यस्तै माटो परिक्षण तथा मल विउ वितरणका लागि ५० प्रतिशत अनुदानको व्यवस्था, कक्षा १० सम्म निःशुल्क शिक्षा लगायत ९३ किलोमिटर ग्रावेल र १२ किमि पक्की सडक निर्माण पालिकाको मुख्य उपलब्धी भएको उहाँले बताउनु भयो । 

नगरपालिकाको सम्पूर्ण चालु तथा पूंजीगत गरी हाल सम्म ९४ दशमलव ०८ प्रतिशत कुल खर्च गर्न सफल भएको समेत प्रवक्ता गुरुङले जानकारी दिनुभयो । नगर प्रवक्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण रामज्ञानु एफएमका स्टेशन मेनेजर शितल थापाले गर्नुभएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments