• १७ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
अदालतको फैसलाबाट सजाय पाएका दुई फरार प्रतिवादी पक्राउ

केशव कोईराला, १७ वैशाख, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार फरक–फरक मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका उनीहरूलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पहिलो घटनामा बैशाख १७ गते दिउँसो करिब १२ः२० बजे खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा बर्दिया जिल्ला अदालतबाट ४ हजार रुपैयाँ पीडित राहत कोष, १० हजार रुपैयाँ जरिवाना तथा ११ महिना ३ दिन कैद सजाय तोकिएका राजापुर नगरपालिका–३ का ३१ वर्षीय विनित कुमार थारुलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, दोस्रो घटनामा मिति बैशाख १६ गते बिहान ८ः३० बजे इलाका प्रहरी कार्यालय पाताभार, बर्दियाबाट खटिएको टोलीले सवारी ज्यान मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका गेरुवा गाउँपालिका–४ का २१ वर्षीय उमेश कुमार चौधरीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखी थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments