नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा राजापुरमा आधारभूत स्काउट तालिम शुरु
केशव कोईराला, २२ असार, राजापुर (बर्दिया) । नेपाल स्काउट लुम्बिनी प्रदेशको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बाँकेद्वारा आयोजित १४ औं बेसिक ट्रेनिङ कर्पस (बीटीसी) तथा ४५५ औं प्रोग्राम ट्रेनिङ कर्पस (पीटीसी) आधारभूत स्काउट तालिम बर्दियाको राजापुरमा शुरु भएको छ । ६ दिने तालिमको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले औपचारिक उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले स्काउट आन्दोलनले युवामा अनुशासन, जिम्मेवारी र सेवाभाव विकास गर्ने उल्लेखगर्दै स्काउटहरूले समाजमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । बिकासको निम्ति शिक्षा अपरिहार्य भएकोभन्दै मन्त्री तिमिल्सिनाले शिक्षाबाट कोहि कतै कहिपनी बञ्चित हुन नहुने धारणा राख्नुभयो । कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्काउट आन्दोलनले राष्ट्र निर्माणमा पुर्याएको योगदानको चर्चागर्दै स्काउट जीवन पद्धति सँग जोडिएको बताउनु भयो ।
उहाँले अनुशासित, इमान्दार र सेवामुखी नागरिक उत्पादनमा स्काउटको महत्व स्पष्ट पार्नुभयो । तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षार्थीहरूले स्काउट सिद्धान्त, व्यवहारिक ज्ञान, अनुशासन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण लिनेछन् । लुम्बिनी प्रदेश स्काउटले समन्वय गरेको कार्यक्रमको सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धव श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको हो ।
१८ °C काठमाडौं
Facebook Comments