• २१ फागुन २०८२, बिहिवार
  • २५ °C काठमाडौं
चुरेकुञ्ज साप्ताहिक पत्रिका प्रकाशनको १४ औं बर्षगाँठको शुभकामना

प्रकाशकीय, ११ साउन, बर्दिया । चुरेकुञ्ज साप्ताहिक पत्रिका प्रकाशनको १३ बर्ष पूरा भई १४ बर्षमा प्रवेश गरेको छ । यस अवसरमा हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, सम्पादक मण्डल, हाम्रा रिर्पोटर, पत्रकारहरु, ब्यापारी, वुद्धिजिवी, कर्मचारी, संघीय तथा स्थानिय सरकार, संघ, संस्था, राजनितिक दलहरु एवम् शुभचिन्तक तथा शुभेच्छुकहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । तपाईहरुको सहयोग र शुभेच्छाका कारण हामी निरन्तर पत्रिका प्रकाशनका क्रममा छौं । यहाँहरुको साथ सहयोगको सदैव अपेक्षा गर्दछु ।

पत्रिका प्रकाशनको अवधिमा हामीले हाम्रा संस्थापक सम्पादक कृष्णप्रसाद वस्याल (राकेश) लाई गुमाएका छौं । असार २९ गते मोटरसाईकल र्दुघटनामा परी उहाँको स्वर्गारोहण भएको छ ।  पत्रिका प्रकाशनको १४ बार्षिकोत्सव मनाई रहँदा भारी मनले स्वर्गिय सम्पादक प्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । 
आधुनिक प्रविधिको विकाससँगै ओझेलमा पर्न लागेका छापा मिडियाको भिडमा चुरेकुञ्ज साप्ताहिक पत्रिकाले छुट्टै पहिचान बनाउन सफल भएको छ । यसको श्रेय हाम्रा पाठक वर्गहरु, रिपोर्टर र विज्ञापन दाताहरुकै छ । छापा सञ्चार माध्यमलाई विद्युतिय संचारमाध्यमहरुले विस्तापित गर्ने होडवाजी चलेकै बेला यस पत्रिकाले स्वदेश तथा विदेशमा रहने आफ्ना आम पाठकहरुलाई मध्यनजर गरी धधध।अजगचभपगलवब।अयm अनलाईन पोर्टल संचालनमा ल्याएको छ । जसका कारण पाठकहरुलाई हातहातमै हाम्रा समाचार पुर्याउन सहज भएको छ ।

प्रेस काउन्सिल नेपालको ख बर्गमा सुचिकृत यस चुरेकुञ्ज पत्रिका समाचारको साथी बन्ने अभिप्रायले सन्तुलित, विस्वसनिय तथा संरक्षणको अभियान लिएर हामी उदाएका छौं । विभिन्न स्थानमा भए गरेका साना साना समाचारहरु उत्पादन गर्नु हाम्रो मुख्य लक्ष्य अनुसार हामी अगाडी बढेका छौं । कोभिड पछिको मिडिया आक्रमणले चौतर्फी प्रभाव पारीरहेको अवस्थामा हामी पनि त्यसबाट अछुतो बन्न सकेका छैनौ । समाचार प्रशस्त उत्पादन गरेपनि विज्ञापन अभावमा पत्रिका संचाचलमा संकट भोग्दै आएका छौं । स्थानिय सरकारहरुले स्थानिय स्तरका पत्रपत्रिकाको अपनत्व लिन नसक्दा मिडिया हाउसहरु धराशायी बन्दै बन्द हुने अवस्थामा पुग्नु विडम्बना हो ।

विज्ञापन प्राप्तीको लागि फकाउनु पर्ने, कमिशन दिनुपर्ने परिपाटीले गर्दा पत्रिका प्रकाशन प्रति हाम्रो पनि निरासा नबढ्ला भन्न सकिदैन । स्थानिय सरकारले नियमित प्रकाशित भई आम नागरिकको सूचनाको रक्षार्थ प्रतिवद्ध स्थानिय पत्रपत्रिकाहरुको संरक्षण र संम्र्बद्धनमा निति नियम निर्माण गर्नु जरुरी भैसकेको छ । तशर्थ चुरेकुञ्ज साप्ताहिक पत्रिकाको १४ औं बर्ष गाँठको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

यादवप्रसाद आचार्य प्रकाशक एवम् सम्पूर्ण चुरेकुञ्ज परिवार, बर्दिया

सम्बन्धित समाचार

Facebook Comments