• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
भुमि विधेयक बिरुद्ध बर्दियामा जसपा नेपालको बिरोध

मुरली गोडिया, १४ भदौ, गुलरिया (बर्दिया) जनता समाजवादी पार्टी नेपाल बर्दियाले भुमी बिधेयक विरुद्ध बिरोध कार्यक्रम गरेको छ । शनिवार बर्दियाको सदरमुकाम स्थित गुलरिया बजारमा नाराबाजीगर्दै बिरोध प्रर्दशन गरेको छ । 

बिगत केही समय देखि जसपाले बिधेयक विरुद्ध आन्दोलन गर्दै आएको छ । बर्दियामा गरिएको बिरोध कार्यक्रममा भूमि विधेयक किसान र भूमिहीनको हित विपरित तथा मधेश बिरोधी समेत रहेको जसपा नेपालका युवा नेता पप्पु यादवले बताउनु भयो । यसले भूमिहिनलाई अधिकार दिनुको साटो ठूलावडा र दुई ठूला पार्टीका नेताहरुलाई मात्र फाइदा पु¥याउने उहाँको दाबी छ ।

भूमि र वन बचाउँ तराई मधेशलाई मरुभुमिकरण हुनबाट जोगाऔं भन्ने मूल नारासहित प्रदर्शनका उत्रिएका नेता तथा कार्यकर्ताहरुले भूमिविधेयक खारेजीको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरिएको थियो । प्रदर्शनपछी आयोजित बिरोध सभाका सहभागि वक्ताहरुले भूमिविधेयक खारेज नभएसम्म आन्दोलन जारि रहने उद्घोष गरेका छन ।

सम्बन्धित समाचार

Facebook Comments