• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
यसरी भागे बर्दिया कारागारबाट कैदी 

बर्दिया । बर्दिया कारागार गुलरियाबाट एकजना कैदी फरार भए । कर्तब्यज्यान मुद्धामा कैद भुक्तान गरीरहेका कैदी कारागारको पर्खाल फरालेर फरार भएका छन् ।

कर्तब्यज्यान मुद्धामा ३० बर्ष सजाय काटिरहेका अजित बुढाक्षेत्री बर्दिया कारागारबाट फरार भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो । आईतबार विहान ३ पछि बुढाक्षेत्री बर्दिया कारागारबाट भागेका हुन् । कारागार भित्रको भवनको छतमा चढेर बुढाक्षेत्री अग्लो काडेतार लगाएको पर्खाल पारगरेर टिनको छानामा चढी हामफालेर भागेको प्रजिअ रिसालको भनाई छ । बुढाक्षेत्री यसअघि मुद्धा अनुसन्धानका क्रममा बर्दिया जिल्ला अदालतबाट फरार भई पक्राउ परेका थिए ।

१ बर्ष कैद भुक्तान गरीसकेका फरार बुढाक्षेत्रीको खोज तलास र अनुसन्धान जारी छ । बर्दिया प्रहरी प्रमुखको कमाण्डमा दुई वटा जासुसी कुकुर मार्फत खोज तलास भैरहेको छ । किन फरार भए भन्नेबारे अनुसन्धानबाट खुल्छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जाँचवुझ समिति पनि गठन गरिएको छ । बर्दिया पुरुष कारागार जिर्ण तथा सानो हुँदा खचाखच कैदीबन्दी रहेकाले जोखिमयुक्त रहेको पाईन्छ । 

सम्बन्धित समाचार

Facebook Comments