• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बाँसगढी नगर पालिकाद्वारा सम्मान

विन्दु चौधरी, २३ भदौ, बाँसगढी (बर्दिया) । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बाँसगढी नगरपालिकाले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने शिक्षक, उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको छ । कार्यक्रममा यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षामा बाँसगढी नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । 

सामुदायिकतर्फ नेरामावि बाँसगढीकी प्रिया पाण्डे र कृष्णप्रसाद तिवारीलाई सम्मान गरिएको छ, भने संस्थागततर्फ बाँसगढी एकेडेमीका मानव पौडेल, आयुसा चौधरी र बालज्योती एकेडेमी ककौराकी प्रकृति पाण्डेलाई सम्मान गरिएको हो । त्यस्तै, लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पु¥याई सेवा निवृत्त हुनु भएका ३१ जना शिक्षकहरुलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यालयलाई समेत पुरस्कार प्रदान गरिएको छ । जीवनज्योती मावि राँझा प्रथम, रामजानकी मावि भैसासुर द्धितीय र जनता मावि मनमुडवा तृतीय स्थान हासिल गरेका थिए । 

विजयी विद्यालयमध्ये प्रथम हुने जीवनज्योती माविलाई ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुने रामजानकी माविलाई ३० हजार नगदसहित प्रमाणपत्र तथा तृतीय जनता माविलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । नगरप्रमुख खडक बहादुर खडकाको अध्यक्षतामा आयोजित कार्यक्रममा, नगर उपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वली, शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो । 

नगरप्रमुख खडकाले शिक्षा नै विकासको आधार भएको बताउँदै उत्कृष्ट योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । शिक्षा नै समाज र राष्ट्रको विकासको मूल आधार भएको बताउँदै विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गर्नु नगरपालिकाको साझा प्रतिबद्धता भएको धारणा राख्नुभयो । उहाँले शिक्षा क्षेत्रमा अझै गुणस्तर वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा शाखा अधिकृत छत्रबहादुर शाहीले संचालन गर्नुभएको कार्यक्रमको उद्देश्यबारे शिक्षा शाखा प्रमुख वरिष्ठ शिक्षा निर्देशक मनप्रसाद रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments