• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
युवा पुस्ताको प्रमाण : अब नयाँ खाका कोर्ने बेला

राधेकृष्ण थारु, २६ भदौ, बर्दिया । २०८२ साल भाद्र २३ र २४ गते नेपालमा जेन–जी पुस्ताहरुले गरेको भ्रष्टाचार विरोधी आन्दोलनले मुलुकको राजनीति र सामाजिक चेतनामा ऐतिहासिक छाप छोडेको छ । यस आन्दोलनले युवा पुस्ताको अपारशक्ति, दृढ इच्छा शक्ति र राष्ट्रिय एकताको वास्तविक स्वरूपलाई सम्पूर्ण समाजले प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गर्यो त ? भ्रष्टाचार विरुद्ध युवाहरुको आवाज मात्र होइन, नेपालको भविष्यप्रति उनीहरुको गहिरो प्रतिबद्धताको परिचय पनि यस आन्दोलनले दिएको छ ।

युवाहरुले देखाएको साहस र एकतालाई देशका हरेक नागरिकले गौरवको विषयका रूपमा लिन सक्नेछन् । तर दुर्भाग्यवश, केही घुसपैठकारी तत्वहरुले यस पवित्र आन्दोलनलाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयास गरे । उनीहरुको गलत नियत र गैरजिम्मेवार गतिविधिका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको तथ्य हृदय विदारक छ । यी सम्पत्तिहरु हाम्रो देशको धरोहर, गहना हुन् जसको संरक्षण गर्नु हरेक नेपालीको साझा जिम्मेवारी हो ।

आन्दोलनले देखाएको सकारात्मक ऊर्जा र एकतालाई क्षति पुर्याउने गतिविधि हाम्रो सामूहिक चेतना र भविष्य निर्माणका लागि गम्भीर चुनौती हो । हामी सबै नेपालीले संयमित भएर, एक अर्काप्रति विश्वास र सहकार्यको भावनासहित, मुलुकलाई सुशासन, समृद्धि र पारदर्शिताको बाटोतर्फ अघि बढाउनुपर्ने छ । यस दिनले हामीलाई एउटा स्पष्ट पाठ सिकाएको छ । युवा पुस्ता एकताबद्ध भएमा भ्रष्टाचार जस्ता गम्भीर चुनौतीहरुलाई सामना गर्न सकिन्छ । तर त्यसको उपयोग केवल सकारात्मक परिवर्तन र राष्ट्रिय पुनर्निर्माणमा हुनुपर्छ । यसैलाई आधार बनाई, हामीले अब नयाँ राष्ट्रिय खाका कोर्ने, एकताको जगमा सुशासन र इमानदारीको नक्सा तयार गर्ने ऐतिहासिक अवसर प्राप्त गरेका छौँ ।

सम्बन्धित समाचार

Facebook Comments