• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
माया नर्सरीद्वारा गर्भवती महिलालाई निःशुल्क फलफूलका बिरुवा 

हरि गुरुङ, २९ भाद्र, मधुवन (बर्दिया) । बर्दियामा गर्भवती महिलालाई फलफलका बिरुवा वितरण गरिएको छ । मधुवन नगरपालिका वडा नम्बर ४ बेलवा स्थित माया नर्सरीले गर्भवती महिलाहरुलाई निःशुल्क फलफूलका बिरुवा वितरण गरेको हो । 

नर्सरी र मधुवन नगरपालिका वडा ४ नम्वर वडा कार्यालय मधुवनको आर्थिक सहयोग तथा ढोढरी स्वास्थ्य चौकीको वडा अन्तर्गत रहेका ५७ जना गर्भवती महिलालाई प्रती महिला अम्बा, आँप, लिचि गरी ३ वटा जातका १ सय ७१ वटा र २१ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई एक एक गरि जम्मा १ सय ९१ वटा फलफुलका बिरुवा निःशुल्क वितरण गरिएको माया नर्सरीका सन्चालक विष्णु प्रसाद योगिले बताउनु भयो ।

आर्थिक, सामाजिक तथा वातवरणिय हिसाबले गर्भवती महिलाहरुले गर्भवती भएका बखत फलफूल किन्न नसक्ने अवस्थामा रहेका महिलाहरुलाई आर्थिक भार कम होस भन्ने उद्देश्यले विरुवा उपलब्ध गराईएको छ । तत्काल फल नहुन सक्ला तर भोलिका सन्ततिलाई अवस्य पोषणयुक्त फल बालवालिकाले प्राप्त गर्न सक्नेछन् । पर्यावरणलाईसफा र स्वच्छ राख्ने उद्देश्यका साथ फलफूलका बिरुवा वितरण गरिएको नर्सरीका प्रोपाइटर माया योगिले बताउनु भएको छ ।

मधुवन नगरपालिका वडा नं ४  का वडा अध्यक्ष बलिराम चौधरीले गर्भवती महिलाहरुलाई सधैभरी आइरन चक्की खानाले स्वस्थ्यमा असर गर्ने भएकाले बजारबाट खरिद गरेको फलफूल खानु भन्दा आफ्नै बारीमा उत्पादन भएको जैविक फलफूल खाँदा स्वच्छ, बिषादी रहित खान पाइने भएकाले आमा र बच्चा स्वस्थ हुने विस्वास उहाँको छ । बिरुवा रोपनले गर्दा गाउँ टोल हराभरा हुने त्यसैले गर्दा एक घर एक फलफूल अभियान चलाएको अध्यक्ष चौधरीको भनाई छ । अभियानमा हरेक गाउँ टोलबासीले साथ दिन आग्रहगर्दै यस कार्यलाइ सफल बनाउन वडा कार्यालयले सहयोग गर्ने बताउनु भयो । 

अध्यक्ष बलिराम चौधरीको आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्बद्र्धन परियोजनाका भुपाल नाथ योगि, ढोढरी स्वास्थ्य चौकीका प्रमुख टंक बहादुर गडतौला, अनमी पुष्पा सिग्देल, खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं ३ का अध्यक्ष हरि गुरुङ्ग लगायत गर्भवती महिला  तथा महिला स्वास्थ्य स्वयमसेबिकाहरु सहभागी थिए । नर्सरीमा गैरकष्ठ, काठजन्य, डाँलेघाँस, भुइँ घाँस, फलफूल, फूल तथा सजावटका विरुवा समेत उपलब्ध छन् ।

सम्बन्धित समाचार

Facebook Comments