• १० असार २०८३, बुधवार
  • २७ °C काठमाडौं
मधुवनमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनवाई

सुस्मिता श्रेष्ठ, २८ असोज, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ मा अवस्थित फुलबारी आधारभूत स्वास्थ्य केन्द्रले सार्वजनिक सुनुवाई गरेको छ । सेवाग्राहीलाई दिने सेवा प्रवाहकारीता, नागरिकमा देखिएका प्रमुख स्वास्थ्य समस्याको समाधान एवं चुनौती लगायतका विषयका सवालहरु कार्यक्रममा उठेका थिए । 

प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा कोइकाको सहयोगमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाई गरिएको हो । किशोरकिशोरी स्वास्थ्य सेवामा समस्या आएको कुरालाई सुनवाई गर्ने र त्यसको समाधान गर्ने मुख्य उद्देश्यका साथ गरिएको कार्यक्रममा सेवाग्राही स्थानियको उपस्थिती थियो । स्थानिय किशोरकिशोरी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य केन्द्रले दिने सेवा प्रवाह सम्बन्धि जिज्ञासा तथा स्वास्थ्यमाथीको सवालहरु गरेका थिए । 

नगरप्रमुख तेज बहादुर भाट, नगर उपप्रमुख अनिता चौधरीले सवालको जवाफ दिनु भएको थियो । यस्तै सार्वजनिक सुनुवाईमा उठेका अन्य सम्बन्धित सवालहरु बारे स्वास्थ्य शाखा प्रमुख गीता घिमिरे, शिक्षा शाखा प्रमुख नारायण खनाल, बालबालिका शाखा प्रमुख इन्दिरा चुनारा, वडा नम्बर २ का वडाध्यक्ष आशाराम चौधरीले सहजीकारण गर्नु भएको थियो । कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठको समेत सहभागीता थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा किशोर किशोरीहरुले स्वास्थ्य बिमाको अवस्था, उपचार गर्न आउँदा फरक फरक बिमारीलाई दिईने एउटै औषधि, खेलाडीहरूको लागि मलहम पट्टीको अवस्था लगायतका विषयमा प्रश्नोत्तर सहित छलफल गरिएको थियो । कशोर किशोरीहरूमा आएका समस्यालाई समाधान गर्ने साझा प्रतिबद्धता गर्दै हस्ताक्षर संकलन गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments