नेपाल विद्यार्थी संघ बर्दियाद्वारा चरणबद्ध आन्दोलनको घोषणा
विन्दु चौधरी, २० पुष, बर्दिया । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति बर्दियाले विद्यालयहरूको मनपरी रूपमा शुल्क वृद्धि गरेको भन्दै कडा आपत्ति जनाएको छ । संघले सार्वजनिक तथा निजी विद्यालयमा लागू गरिनुपर्ने शिक्षा ऐन, नियमावली र सरकारी निर्णयको पालना नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
संविधानमा पत्याभुत गरेको निःशुल्क शिक्षा तथा सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट सहित ८ बुँदे मागसहित विभिन्न स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धीत निकार्यलाई ज्ञापन पत्र बुझाई सकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
नेविसंघ बर्दियाले जारी गरेको प्रेस विज्ञप्तिमा शिक्षा सेवाका नाममा लिईदै आएका सबै प्रकारका अवैध शुल्क तत्काल फिर्ता गरिनुपर्ने उल्लेख गरिएको छ । प्रेस विज्ञप्तिमा नेविसंघ जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष असिम विक्रम शाह र कार्यक्रम संयोजक अमर बुढाको हस्ताक्षरमा कक्षा ९ र १० का विद्यार्थीहरुबाट ट्युसनका नाममा लिइँदै आएको महंगो शुल्क तत्काल रोक लगाई कक्षा कोठामै गुणस्तरीय शिक्षा हुनुपर्ने ठहर गरेको छ ।
संघले गुणस्तरीय शिक्षाका लागि प्रभावकारी अनुगमन संयन्त्र विकास गर्न, विद्यालयमा दिइने दिवा खाजा, निजी तथा आवासीय विद्यालयमा लागु गरिएका शुल्क, छात्रवृत्ति तथा भर्ना प्रणालीलाई प्रभावकारी रुपमा नियमन गर्नुपर्ने माग राखेको छ । नेविसंघ बर्दियाले पुष २१ गतेदेखि चरणबद्ध रुपमा तालाबन्दी, राजमार्ग अवरोध, चक्काजाम, प्रशासन घेराउ लगाएतका आन्दोलन गर्ने पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ ।
११ °C काठमाडौं
Facebook Comments