राजापुरमा आयोजित स्व. सूर्यप्रसाद घिमिरे कप क्रिकेटको उपाधी अमर सहिद माविले चुम्यो
पुरुषोत्तम खनाल, २० पुष, बर्दिया । बर्दियाको राजापुरमा जारी स्वर्गिय सूर्य प्रसाद घिमिरे कप क्रिकेट प्रतियोगिताको उपाधी अमर सहिद श्रीदशरथ चन्द माध्यमिक विद्यालय राजापुरले जितेको छ । टस जितेर व्याटिङ गरेको अमर सहिद माविले भेरी माध्यमिक विद्यालयलाई १ सय ४ रनको टारगेट दिएको थियो ।
भेरी मावि ७७ रनमा अलआउट भएपछि अमर सहिद माविले २६ रनले जित हात पारेको हो । उपाधी विजेता अमर सहिद माविले २० हजार नगद र ट्रफि तथा उपविजेता भेरी माविले नगद १० हजार प्राप्त गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सामुदायिक तथा संस्थागत विद्यालयको सहभागीतामा लिग चरणको आधारमा आयोजित प्रतिस्पर्धामा ७ वटा विद्यालय सहभागी थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक वडा नम्बर ५ का अध्यक्ष रमेश दहितले शिक्षकको सम्झनामा घिमिरे परिवारले गरेको प्रतियोगिता अत्यन्तै सकारात्मक रहेकाले नगरपालिकाले पनि सहयोग र निरन्तरता दिने बताउनुभयो । अमर शहीद माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।
सभा विसर्जन गर्दै स्व. घिमिरे पत्नी शिक्षिका सीता रिमाल घिमिरेले आफ्नो श्रीमान खेलकुदमा शौखिन र त्यसमा पनि क्रिकेट भनेपछि खाना समेत विर्सने भएकोले यो क्षेत्रका प्रतिभा पहिचानका लागि खेल मार्फत सहयोग पुग्ने भन्दै पारिवारिक छलफल र छोराहरुको सहयोगमा प्रतियोगिता गरेको र सकेसम्म यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
१० °C काठमाडौं
Facebook Comments