• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १८ जनाको उम्मेदवारी

पुरुषोत्तम खनाल, ६ माघ, बर्दिया । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बर्दियाका दुबै निर्वाचन क्षेत्रमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ । बर्दियामा क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको कार्यालय गुलरिया र क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचनमा सहभागी हुने उम्मेद्वारहरुले राजापुर भन्सार कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् । 

राजाापुरमा बर्दिया क्षेत्र नं. १ मा नेकपा एमालेका शालिकराम अधिकारी र क्षेत्र नं. २ मा विमला वि. क, नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं. १ मा विष्णु प्रसाद चौधरी र क्षेत्र नं. २ बाट सुरेश पन्त, नेपाली काँग्रेस क्षेत्र नं. १ बाट सञ्जय कुमार गौतम, क्षेत्रनं. २ किशोर सिंह राठौर, रास्वपा क्षेत्र नं. १ बाट ठाकुरसिंह थारु र क्षेत्र नं. २ बाट श्रीधर पोख्रेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

राजापुरमा १७ वटा दलका उम्मेदवार र १ जना स्वतन्त्र उम्म्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै उज्याले नेपाल पार्टीबाट धर्म बहादुर चौधरी, राप्रपाबाट शुशिल चौधरी, श्रम संस्कृति पाटीबाट मान बहादुर बैगार, नेकपा माओवादीबाट टिकाराम चौधरी, राष्टिय जनमोर्चाबाट रतन सिहं रावत, मंगोल नेशनल अर्गनाइजेशनबाट सोम बहादुर तामाङ, नेपाल कम्युनिष्ट पाटी संयुक्त बाट निता शर्मा, जनमत पाटीबाट डा. शशी कुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

आम जनता पाटीबाट रामेश्वर चौधरी, नेपाल मजदुर किसान पाटीबाट धर्मराज जैसी आचार्य, नेपाल उन्मुक्ति पाटीबाट खुशीराम थारु, जनता समाजवादी पाटीबाट अनिरुद्र आर्य, प्रगतिशील लोकतान्त्रिक पाटीबाट नेत्र राज आचार्य, र नुतन कुमार चौधरीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत गोविन्द प्रसाद घिमिरेले वताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments