परिस्थिती नमिल्दा भनेजति काम गर्न सकिन होला मतदाताको शिर निहुरिने काम गरिन : संजय गौतम
चुरेकुञ्ज, १० माघ, गुलरिया (बर्दिया) । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार पूर्व मन्त्री एवं केन्द्रिय सदस्य संजय कुमार गौतमले परिस्थिती नमिल्दा भनेजति जनताका काम गर्न नसकेपनि मतदाताको शिर निहुराउने काम कहिल्यै नगरेको स्पष्ट पार्नु भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को भेलालाई सम्बोधनगर्दै नेता गौतम्ले जिल्लामा ३ पटक सम्म निर्वाचन जित्दा समेत मतदाताको शिर उँचो राख्ने कोशिस गरेको उहाँले दावी गर्नुयो ।
देशमा ठूला ठूला परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको स्मरणगर्दै आसन्न निर्वाचनमा पार्टीको एकल वहुमत आए सबै समस्या समाधान हुने उहाँको भनाई थियो । काँग्रेसमा चौतर्फी आक्रमण भैरहेको उनले बताए । युवा हरुमा अथाह परिवर्तनको चाहाना भएपनि हामीले केही गरेनौ भन्ने स्विकार्न नसकिने बताउँदै हिजोको परिवेश र अहिलेको परिवेश फरक रहेको स्विकार्नुभयो ।
संविधान भेन्टिलेटरमा रहेकाले मुलुकलाई कठिन अवस्थाबाट पार लगाउन काँग्रेसको सरकार वन्नु पर्ने उहाँको जिकिर छ । काँग्रेसमा कुनै गुट उपगुट नभएको प्रष्टपार्दै उम्मेदवारको माग आफूले नगरेपनि पार्टीले आफै दिएको प्रष्ट्याउनु भयो । सभापति गगन थापा पार्टीको भावी प्रधानमन्त्री भएकोले आफूपनि पार्टी सभापतिकै उम्मेदवार भएको बताउनु भयो ।
पार्टीका जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरले नेपाली काँग्रेस पार्टीलाई आसन्न निर्वाचनमा वहुमतले जिताउन नेता कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ । क्षेत्र नम्बर १ ले जनताको मनमुटुमा वसेको उम्मेदवार पाएकोले कुनै कसर वाँकी नराखी जिताउनुपर्ने उहाँको भनाई छ । नेपाली काँग्रेस महासमिति सदस्य विजय देवकोटाले विशेष अधिवेशन पछि काँग्रेस पार्टीमा कुनै गुट उपगुट नभएकोले मतभेद हटाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
भदौ २३ र २४ गतेको आन्दोलनले देश अस्तब्यस्त बनेको बताउँदै नेता देवकोटाले सामाजिक सञ्जालमा आएका हावा कुराहरु प्रति विस्वास नगर्न आग्रह गर्नुभयो । लुम्विनी प्रदेस सदस्य छविलाल थारुले पार्टीको संगठन तत्काल परिचालन गर्नु पर्नेमा जोड दिनुभयो । हुलाकी मार्ग, रजनवा मार्ग, तटबन्ध, गुलरिया सिंचाई लगायत यावत विकास निर्माणका कार्यमा पार्टीले पहल गरेपनि प्रचारप्रसार हुन नसकेको उहाँको भनाई छ ।
जब्दी घाटको पुलको अनसन होस् वा बन्यजन्तुको समस्या संसदमा बोल्ने कुराहोस् गौतमले धेरै प्रयासहरु गरेको उहाँले स्मरण गराउनु भयो । अबको सरकार गगन, संजयको सरकार हुनेमा कुनै दुईमत नभएको नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर १ (ख) का सभापति विरबहादुर चौधरीको भनाई छ । गौतमको क्षेत्रमा भएको अथाह विकासको स्मरणगर्दै सभापति चौधरीले नेपाली काँग्रेसको एकल सरकार बनेमात्र जनचाहाना पूरा हुने दावी गर्नु भएको छ ।
२३ °C काठमाडौं
Facebook Comments