• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
बर्दियामा विभिन्न पार्टी परित्याग गरेका  २२ जना नव प्रवेशीलाई काँग्रेसमा स्वागत 

हरी गुरुङ, १४ माघ, मधुवन (बर्दिया) । नेपाली काँग्रेस बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ ले वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा माओबादी, नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा २२ जना प्रवेश गरेका छन् । 

कार्यक्रममा तत्कालिन नेकपा माओवादी हाल नेपाली कम्युनिष्ट पार्टि परित्याग गरि अघिल्लो स्थानीय तहमा निर्वाचनमा वडा नम्बर ३ बाट वडा अध्यक्ष पदमा पराजित हुनुभएका कलीराम थारु नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेसका निर्वतमान सह–महामन्त्री एंव बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार किशोरसिंह राठौरले पार्टी प्रवेशसँगै नव आगन्तुकहरुलाई स्वागत गर्नु भएको छ ।

यसैगरि उद्योगी ब्यवसायी एंव प्रगती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजय शाह पनि लामो समयदेखि नेकपा माओवादी हाल नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ । नेकपा माओबादीका कलीराम थारु र विजय शाहसहित २२ जनाले नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का नेपाली काँग्रेस सभापति अर्जुन शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार कमानसिंह साउँद, गोविन्द साउद, बल बहादुर साउद, रमेश सावद, दिपेन्द्र शाही, महंगी थारु, धन बहादुर थापा, सुरज थारु यसैगरी मिना विक, कमला थारु, चैतुवा थारु, लक्ष्मी शाही, कैसिला टमटा, अम्बिका बादी, खगीसरा टमटा, यज्ञ बुुढा, नरेश बिक, जिवन, टमटा, मिना बिक, रमावती बिक, लगायत २२ जनाले नेपाली काँग्रेस पार्टी प्रवेश गर्नुभएको हो । सबैलाई उम्मेदवार राठौले खादा लगाई स्वागत गर्नु भएको वडा नम्बर ३ का सभापति शर्माले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments