• २० चैत २०८२, शुक्रवार
  • १६ °C काठमाडौं
पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप सम्बन्धी अभिमुखीकरण 

केशव कोईराला, २० माघ, बर्दिया। बर्दियाको राजापुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपिभी) खोप सचेतना तथा अभिमुखीकरण गरिएको छ । जिल्ला स्तरिय खोप समन्वय समितिले सदरमुकाम गुलरियामा र राजापुर नगरपालिका खोप समन्वय समितिले राजापुरमा  अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा किशोरिहरुमा देखिने पाठेघरको मुखको क्यान्सरको जोखिम, एचपिभि खोपको महत्व, लक्षित उमेर समूह तथा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको भूमिकाबारे जानकारी दिइएको थियो । सरोकारवाला निकाय तथा सञ्चारकर्मीबीच अभिमुखी करण गरिएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य शाखाका सहायक अधिकृत हरिलाल चौधरीले बिश्व भर  प्रती बर्ष ५ लाख ७० हजारजनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको तथ्यांक रहेकोमा एचपीभी खोप लगाएमा ९८ प्रतिशत सम्म जोखिम कम हुने र खोप, जाँच पडताल र उपचार पद्धति आवश्यक रहेको बताउनुभयो । 

्बिद्यायलयमा कक्षा  ६ मा अध्ययनरत एवं बिध्यालय जान बाट बन्चित १० बर्ष उमेरका किशोरी हरुलाइ यहि माघ २५ गतेबाट खोप लगाइदै छ । कार्यक्रममा सहभागीहरूले एचपिभि खोप सम्बन्धी जनचेतना अभिवृद्धि गर्न समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

राजापुरमा आयोजित उक्त कार्यक्रम समितिका संयोजक तथा नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर उप–प्रमुख मनकला कुमारी चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्यकर्मीहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments