• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
प्रदेशले प्रर्याप्त बजेट दिएकाले शिक्षाको उपलब्धी गुणस्तरमा देखिनु पर्छ : मन्त्री तिमिल्सिना

पुरुषोत्तम खनाल, २६ माघ, बर्दिया । प्रदेशले जिल्लामा प्रर्याप्त वजेट दिएकाले अबको शिक्षाको उपलब्धी गुणस्तरमा देखिनु पर्ने प्रमुख अथिति तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले वताउनु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेले बर्दियाको राजापुरमा आयोजना गरेको सामुदायिक तथा संस्थागत विद्यालयबीच अनुभव आदनप्रदान कार्यक्रम बोल्दै मन्त्री तिमिल्सेनाले विद्यालयमा नेतृत्व गर्ने प्रधानाध्यपकहरुले विद्यार्थीको अन्तरनिहित क्षमता विकास गर्न र प्रविधियुक्त शिक्षा दिने योजनासहित आएमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

शिक्षा विकास समन्वय इकाइ प्रमुख सूर्य खत्री, सामजिक विकास मन्त्रालय योजना महाशाखा प्रमुख ऋषिराम शर्मा लगायतले बर्दिया जिल्लासँगै समग्र प्रदेशको शिक्षाको गुणस्तर बढाउन शिक्षकसहित शिक्षा क्षेत्रका सरोकारवाला सक्रिय हुनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा गेरुवा, ठाकुरबाबा, मधुवन, बारबर्दियाका शिक्षा शाखा प्रमुख, करिब १ सय ३० विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले गरेका असल अभ्यासहरुको प्रस्तुतीकरण गरिएको थियो । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धब श्रेष्ठले प्रदेशका १२ जिल्लाहरु मध्ये बर्दियाको नतिजा बढाउन सामुदायिक र संस्थागत दुबै विद्यालयको भूमिका महत्वपूर्ण रहेकाले असल अभ्यासका लागि सहकार्य गर्नु अपरिहार्य रहेकाले पालिकाले संस्थागत विद्यालयहरुलाई पनि जोडनु पर्ने भन्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित प्रअ हरुले आगामी शैक्षिक सत्रका लागि आजको कार्यक्रम निकै उपलब्धिमूलक हुने प्रतिक्रिया दिएको स्वकीय सचिव दिलिप रत्गैयाले वताउनु भयो । 

 

सम्बन्धित समाचार

Facebook Comments