• २३ जेठ २०८३, शनिवार
  • २१ °C काठमाडौं
विश्व वातावरण दिवसको अवसरमा राजापुरमा फलफूलका बिरुवा रोपियो

केशव कोईराला, २२ जेठ, राजापुर -बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० मा ५४ औँ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न फलफूलका लगायतका बोटबिरुवा रोपिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारुले वातावरण संरक्षण सबैको साझा दायित्व भएको र रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले वातावरणीय सन्तुलन कायम राख्न, हरित क्षेत्र विस्तार गर्न तथा आगामी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न वृक्षारोपणको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रसंशा गरेको वडा सचीव जमुना शाहिले जानकारी दिनुभयो । 

वडा अध्यक्ष शिवलाल थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, सुरक्षा निकायका प्रतिनिधि तथा सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments