बढैयातालको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक
दलबहादुर सुनार, २४ जेठ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अध्यावधिक गरेको छ । बी. ग्रुपको आयोजना तथा प्लान नेपालको सहयोगमा गाउँपालिकाको समन्वयमा सम्पन्न दुईदिने स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी कार्यशालामार्फत उक्त योजना अध्यावधिक गरेको हो ।
मनसुनजन्य तथा अन्य सम्भावित विपद्का घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्राथमिकतामा राख्दै अध्यावधिक गरेको विपद् व्यवस्थापन फोकल पर्सन रमेश पौडेलले जानकारी दिनुभयो । बढैयाताल–६ मैनापोखरमा जेठ २२ देखि २३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा बी. ग्रुपको प्रयास परियोजनाअन्तर्गत विपद् सम्बन्धी विज्ञ केशव भट्टले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालामा विपद् व्यवस्थापन सम्बन्धी विद्यमान ऐन तथा नीतिमा व्यापक छलफल गर्दै संशोधन गर्नुपर्ने र थप गर्नुपर्ने विषयहरू पहिचान गरी सम्बन्धित विषयगत शाखालाई जिम्मेवारी दिइएको थियो । विपद् विज्ञ भट्टले बढैयातालका सम्भावित विपद् जोखिम क्षेत्र तथा वडाहरूको पहिचान गराउँदै सबैभन्दा बढी क्षति हुने क्षेत्र र जोखिममा रहेका वर्ग तथा समुदायलाई आधार मानी प्रतिकार्य प्राथमिकिकरण सम्बन्धी प्रभावकारी सहजीकरण गर्नुभएको आयोजकले जनाएको छ ।
फोकल पर्सन पौडेलका अनुसार विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीहरू केही प्राप्त भइसकेका छन् भने केही सामग्री आउने क्रममा छन् । विपद् प्रतिकार्य योजना अध्यावधिक यही हप्ताभित्र सम्पन्न गरी कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो । बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बिगतका वर्ष नीती र कानुनको अभावमा बिनियोज गरेको बजेटको कार्यान्वयन हुन नसेकेको स्मरण गराउदै भन्नु भयो यस बर्ष निति कानुन बनेको छ विपतको लागि बजेटको ब्यबस्थापनी हुने र बिपद्का घटना वाट हुने क्षेति न्यूनिकरणका लागि बिभिन्न संघ संस्था संग समन्वय सहकार्य गर्दै जाने उपाध्यक्ष अधिकारीले बताउनु भयो ।
वि. ग्रुपका प्रयास परियेजना संयेजक खेम अधिकारीले दुइ दिने कार्यक्रमको समापनमा बोल्दै परियोजना ६ महिनाको भएको बताउदै विपद् प्रतिकार्यको लागि क्षमता बिकास, शिप बिकास सम्बन्धी तालिम, सामाग्री र ममर्त सम्भारका काममा सहयोग गर्न सकिने बताउनु भयो । गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यशालामा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, कार्यपालिका सदस्य तथा विपद् व्यवस्थापन समिति संयोजक चन्द्रा बिक, कार्यपालिका सदस्य दिलमाया सुनार, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै लेखा अधिकृत नारायण त्रिपाठी, पूर्वाधार शाखा प्रमुख केशव पौडेल, सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर थापा, योजना शाखा प्रमुख उस्मान साई, योजना शाखाका उमान बहादुर हमाल, कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव, स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल, महिला शाखा प्रमुख सुजिता थारु, शिक्षा शाखा प्रतिनिधि विमला गुरुङ, नेपाल रेडक्रस उपशाखाका प्रतिनिधि लीलाधर त्रिपाठी, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रतिनिधि तथा आईटी शाखा प्रमुख कमल खड्का लगायतको उपस्थिति रहेको थियो ।
२१ °C काठमाडौं
Facebook Comments