कुमारी वैंकको साझेदारीमा नवदुर्गा सामुदायिक वनमा ५ सय बाँस रोपियो
विन्दु चौधरी, ३१ जेठ, बाँसगढी -बर्दिया) । विश्व शान्ति मञ्चका संस्थापक बासु गौतमले सञ्चालन गरिरहेको देशव्यापी १० लाख वृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत बाँसगढी नगरपालिका–८ लक्ष्मणास्थित नवदुर्गा सामुदायिक वन परिसरमा ५ सय बाँसका बिरुवा रोपिएको छ । करिब डेढ हेक्टर क्षेत्रफलमा गरिएको वृक्षारोपण कार्यक्रम कुमारी बैंक लिमिटेड बाँसगढी शाखा कार्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको हो ।
बैंकका शाखा प्रमुख निरज चरौतले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले सामुदायिक वनमा ५ सय बाँसका बिरुवा रोपिएको जानकारी दिनुभयो । विश्व शान्ति मञ्चले विभिन्न बैंक तथा बीमा कम्पनीहरूसँग समन्वय गर्दै हालसम्म देशभर २ लाख ३१ हजार ३ सय बिरुवा रोपिसकेको जनाएको छ । मञ्चका संस्थापक बासु गौतमले सन् २०३० सम्म १० लाख बिरुवा रोप्ने र संरक्षण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
कार्यक्रममा बाँसगढी नगरप्रमुख खडक बहादुर खडकाले वातावरणीय संरक्षणका लागि वृक्षारोपण मात्र प्रर्याप्त नभई रोपिएका बिरुवाको संरक्षण र प्रवद्र्धन अझ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले नवदुर्गा सामुदायिक वनका पदाधिकारी तथा सम्पूर्ण उपभोक्तालाई बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट दीर्घकालीन प्रतिफल लिन आग्रह गर्नुभयो ।
नवदुर्गा सामुदायिक वनका अध्यक्ष दयाराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँसगढी नगरप्रमुख खडक बहादुर खडका, विश्व शान्ति मञ्चका संस्थापक बासु गौतम, कुमारी बैंक बाँसगढी शाखाका प्रमुख निरज चरौत, राम भरोसे नेपाल, बैंकका कर्मचारी, विश्व शान्ति मञ्चका प्रतिनिधि तथा सामुदायिक वनका उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
२० °C काठमाडौं
Facebook Comments