बर्दियामा भाले गैंडा मृत अवस्थामा भेटियो
हरि गुरुङ, १७ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भाले गैंडा फेला परेको छ । गेरुवा गाउँपालिका वडा नम्बर ६ को असारेगौडी उपभोक्ता समिती अन्तर्गत नौलोबास मध्यवर्ती सामुदायिक वन सैजनाघाटमा मृत गैंडा फेला परेको हो ।
गैंडाको उमेर अन्दाजी २०–२२ बर्षको हुनसक्ने अनुमान गरिएको छ । गैंडाको मृत्युको कारण एकआपसमा जुधेर भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी महेश न्यौपानेले जानकारी दिनुभएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त गस्ती टोलिले गस्ती गर्ने क्रममा साउन १६ गते मृत अवस्थामा गैंडा फेला पारेको थियो । मृत गैंडाको सरकारी समान -खाग, खुर) सुरक्षीत अवस्थामा राखिएको सूचना अधिकारी न्यौपाने जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैंडा छन् ।
२० °C काठमाडौं
Facebook Comments