विद्यालयलाई स्मार्ट बोर्ड तथा गणित प्रयोगशाला सामग्री
मुरली गोडिया, १८ साउन, बर्दिया । ठाकुरबाबा तथा बारबर्दिया नगरपालिका गरी ८ वटा विद्यालयलाई स्मार्ट बोर्ड तथा गणित प्रयोगशाला सामाग्री दिईएको छ । कुल ११ लाख २८ हजार ८ सय ७५ रुपैया बराबरका शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सिकाइ सुधार परियोजना अन्तर्गत दुवै पालिकाका परियोजना विद्यालयलाई स्मार्ट बोर्ड तथा गणित विषयको प्रयोगशाला सञ्चालनका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बी–ग्रुपका संस्थापक गोपालनाथ योगी तथा प्लान इन्टरनेशनल नेपालका शिक्षा प्राविधिक सल्लाहकार शान्ती थापाले ठाकुरबाबा नगरपालिकाका शिक्षा निर्देशक रामहरि रिजाल, शिक्षा शाखा प्रमुख सीता भण्डारी, शिक्षा सुपरिवेक्षक नवराज ढुंगाना तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
शिक्षा निर्देशक रामहरि रिजालले प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले शिक्षाको क्षेत्रमा गरेको उल्लेखनीय लगानी र निरन्तर सहयोगको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो । उहाँले यस परियोजनाले विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवद्र्धन, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
यसअघि पनि परियोजनामार्फत शिक्षकहरूको गणित र विज्ञान विषयमा विषयगत पेशागत क्षमता अभिवृद्धि तालिम, विपन्न तथा सीमान्तकृत बालबालिकालाई शैक्षिक सामग्री वितरण, अभिभावक शिक्षा सत्र सञ्चालन, अभिभावक–शिक्षक अन्तरक्रिया तथा बैठक, प्रधानाध्यापक समीक्षा बैठक, उपचारात्मक -रिमिडियल) कक्षा सञ्चालन, स्मार्ट बोर्ड सञ्चालन सम्बन्धी क्षमता विकास तालिम लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।
सिकाइ सुधार परियोजनाले शिक्षक क्षमता विकास, उपचारात्मक कक्षा सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको एकीकरण, गणित प्रयोगशाला स्थापना तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सहयोग गर्दै आएको छ । यस सहयोगबाट परियोजना विद्यालयहरूमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा थप सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
२० °C काठमाडौं
Facebook Comments