• २२ साउन २०८३, शुक्रवार
  • २० °C काठमाडौं
नेपाल–भारत सीमा क्षेत्र बर्दियामा सशस्त्र प्रहरीको कडाई 

दलबहादुर सुनार, २१ साउन, बढैयाताल (बर्दिया) । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा सुरक्षा कडाइ गरिएपछि अवैध गतिविधिमा करिब ८० प्रतिशत नियन्त्रण भएको बिओपी कण्ठपुर, बर्दियाले जनाएको छ । सीमा क्षेत्रमा कडाई गरिएसँगै गत बर्षको तुलनामा आर्थिक बृद्धि भएको छ ।

सीमा सुरक्षा सहजीकरण समितिको बैठकमा बैठकको उद्देश्यमा माथी प्रकास प्रार्दै सिमा सुरक्षाको बारेमा बिगत र बर्तमान अवस्थाको बारेमा जानकारी गराउदै सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर कण्ठपुर, बर्दियाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पालले सीमा सुरक्षा कारबाहीबाट राजस्व संकलनमा वृद्धि भएको दावी गर्नुभयो ।  

सीमामा लागूऔषधको अवैध कारोबार गर्नेको संख्या घटेको, कानुनी कारबाहीमा पर्ने व्यक्तिको संख्या उल्लेखनीय रूपमा बढेको तथा समग्र सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा करिब ८० प्रतिशत कमी आएको जानकारी दिनुभयो । उहाँले सीमा सुरक्षा सशस्त्र प्रहरीको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, अन्य सुरक्षा निकाय, विद्यालय, नागरिक समाज, युवा क्लब तथा विभिन्न सामाजिक संघ–संस्थासहित सबैको साझा दायित्व भएको बताउनुभयो । 

बिओपीको प्रयासले मात्र सीमा सुरक्षा सम्भव नहुने भएकाले सबै पक्षको साथ, सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको डिएसपी पालले बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर कण्ठपुर, बर्दियाको आयोजनामा बुधबार बसेको सीमा सुरक्षा सहजीकरण समितिको बैठकले सीमा क्षेत्रमा हुन सक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, लागूऔषध कारोबार तथा प्रयोग न्यूनीकरण, नेपाल सरकारले प्रतिबन्ध लगाएका कुखुरा, माछा, सेता अण्डा तथा पेयपदार्थको ओसारपसार नियन्त्रण, सीमा क्षेत्रमा हुन सक्ने अतिक्रमण रोकथाम, सीमा स्तम्भहरूको सुरक्षामा बृद्धि भएको छ । 

त्यस्तै सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिमाथि निगरानी, मानव बेचबिखनको आशंका लागेमा शान्ति पुनस्र्थापना तथा साना हातहरू नेपालसँग समन्वय गर्ने, साथै भारतबाट नेपाल अध्ययन गर्न आउने विद्यार्थीका लागि प्रयोग हुने सवारीसाधनमा कडाइका साथ चेकजाँच गर्ने लगायतका विषयमा छलफल गरी निर्णय गरेको जनाएको छ । सहजीकरण समितिका संयोजक तथा बढैयाताल गाउँपालिका–८ का वडाध्यक्ष तेजनाथ पौडेलले सीमा क्षेत्रमा विगतको तुलनामा अवैध गतिविधिमा उल्लेखनीय कमी आएको बताउनुभयो । 

खुला सीमा नै अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको संख्या बढ्दै गएको र उनीहरूमाथि कानुनी कारबाहीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । सीमा क्षेत्रमा मात्र नभई टोल–बस्तीस्तरसम्म निगरानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणमा बि.ओ.पी.को भूमिका महत्वपूर्ण रहने समितिका सदस्यहरूले बताएका छन् । अभियानमा स्थानीय सरकार, संघ–संस्था तथा नागरिक समाजको निरन्तर साथ र सहयोग रहने उनीहरूको प्रतिबद्धता छ ।

सिमा लाइ सुरक्षित बनाउने उद्देश्यले आयोजित बैठकमा विद्या ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मी, उद्योग वाणिज्य संघ बढैयातालका वरिष्ठ उपाध्यक्ष दीपक खनाल, वडा नं. ८ का वडा सदस्य उद्धव न्यौपाने, कालिका प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक वेदबहादुर भण्डारी, स्थानीय समाजसेवी सुभाष घिमिरे, साना हातहरू नेपालकी प्रतिनिधि बिमला नेपाली तथा शान्ति पुनस्र्थापना परामर्शदाता सायमा दर्जीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments