जंगली हात्तीबाट बस्ती सुरक्षीतगर्दै उज्यालो नेपाल
हरि गुरुङ, २७ साउन, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ धनौरामा १५ औं विश्व हात्ती दिवसको अवसर पारेर मानव हात्ती सह–अस्तित्वका लागि न्यून लागतको मौसमी विद्युतिय तारबार सिलान्यास गरिएको छ । जंगली हात्तीबाट बस्ति सुरक्षित गर्न ४ लाख रुपैयाँको लागतमा १ दशमलव ५ किलोमीटर तारबार गरिने भएको छ ।
शिलान्यासगर्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले धेरै मेहनतले तारवार कार्यक्रम ल्याउन सफल भएको बताउनु भयो । बस्तिलाई सुरक्षीत राख्न समुदायले अपनत्व लिनुपर्ने भएकाले तारबारको रेखदेख मर्मत सम्भार समुदायले गर्न अति जरुरी हुन्छ । संस्थाले सहयोग गर्यो सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हो । उहाँले भन्नुभयो, तारबार सुरक्षीत रहे हामी पनि सुरक्षित हुन्छौं ।
विशेषत हात्तीलाई बस्तीमा प्रवेश गर्न रोक्नलाई तारबार गरिएको उज्यालो नेपालका कार्यकारी निर्देशक रमेशकुमार थापाले जानकारी दिनु भयो । मौसमी विद्युतिय तारबार नेपालमा पहिलो पटक उज्यालो नेपालले भित्र्याएको उहाँको दावी छ । नेपालका धेरै क्षेत्रमा गरिएका तारबार सफल भएको छ । यस्लाइ अझै प्रभावकारी र नमुनाको रुपमा लैजाने कार्यकारी निर्देशक थापाले बताउनु भयो । संस्थाले विगत ६ बर्षदेखी खाता जैविक मार्ग क्षेत्र लगायत विभिन्न जिल्लाहरुमा मानव हात्ती सह–अस्तित्वमा कामगर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, विशिष्ट अतिथीमा बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार राम अतिथिहरुमा बि.ओ.पि. धनौराका सशस्त्र प्रहरी निरीक्षक, उज्यालो नेपालका अध्यक्ष नबराज न्यौपाने, हात्ती मेरो साथीका अध्यक्ष धनिराम चौधरी, प्रहरी चौकीका प्रतिनिधि, सल्लाहकार मदन ज्ञवाली, भदै थारु लगायत स्थानीय समुदायहरुको उपस्थिति थियो ।
हात्ती मेरो साथी धनौरा गाउँका अध्यक्ष प्रकाश थारुको सभापतित्वमा सिलन्यास कार्यक्रम सम्पन्न भएको थियो साथै कार्यक्रम संचालन उज्यालो नेपालका नमराज पोख्रेलले गर्नुभएको थियो । हात्ती दिवसको मुख्य उदेश्य हात्ती संरक्षण बासस्थानको सुरक्षा, चोरी सिकार नियन्त्रण र मानव–हात्ती द्वन्द्व न्यूनीकरण बारे जनचेतना फैलाउनु रहेको बताईएको छ ।
२३ °C काठमाडौं
Facebook Comments