बर्दियामा सामूहिक गिरफ्तारीको मागगर्दै पत्रकारले गरे प्रशासन कार्यालय अगाडी प्रदर्शन
प्रकाश पौडेल, ९ मंसिर, गुलरिया (बर्दिया) । बर्दियामा पत्रकारहरूले सामूहिक गिरफ्तारीको मागगर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया गेट अगाडि धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको आयोजनामा पत्रकारहरूले विभिन्न मागराख्दै ¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासँगै सामूहिक गिरफ्तारी मागेका हुन् ।
राजपुरमा पत्रकारहरुले पनि ईलाका प्रशासन कार्यालय अगाडी सामूहिक गिरफ्तारीको मागगर्दै बिरोध प्रर्दशन गरेका छन् । मिडिया हाउसको गेटमा गाडी तेर्साएर हडताल बन्द गर, मिडियामा धरपकड बन्द गर, पत्रकारलाई गिरफ्तार गर, लोककल्याणकारी विज्ञापनको काटिएको रकम फिर्ता गर, श्रमजीवी पत्रकारलाई निकाल्न बन्द गर र मिडियामाथिको आर्थिक नाकाबन्दी बन्द गर, लगायतका नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरिएको थियो ।
पत्रकारितामाथि भइरहेको धरपकड, मिडिया हाउसमा अवरोध, श्रमजीवी पत्रकारलाई निष्कासन तथा लोककल्याणकारी विज्ञापनको रकम कटौतीलगायतका विषयप्रति विरोध जनाउँदै सामूहिक गिरफ्तारीको माग गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले जनाएको छ ।
१० °C काठमाडौं
Facebook Comments