उन्मुक्तिकाे महाधिवेशबाट २९ पदाधिकारी, ५०१ केन्द्रिय सदस्य निर्वाचित हुने
टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन भाेलीबाट सुरु हुँदैछ । पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेकाे हाे ।
महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रिय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए । महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनितीक दलका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
२१ °C काठमाडौं
Facebook Comments