• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
गानो गोला र पाचन तन्त्रको राजा नौकासन 
केशव सुवेदी/जापान/ अन्तर्राष्ट्रिय योगापिस संस्थान योग गुरु योगाचार्य  ढाकाराम सापकोटाको नौकासन सम्बन्धी  बिधि को व्याख्या गर्दै नौकासनको  जानकारी दिन खोजेको छु ।
 
नौकासन : नौकासन आसन नाउँ डुङ्गा को जस्तै आकृति हाम्रो शरीरको आकृति नाउँ डुङ्गा को जस्तै हुन्छ यसलाई नौकासन भनिन्छ।  जब व्यक्तिको पेटलाई अथवा तौललाई घटाउनु छ भने प्रत्येक दिन ३ मिनेट यो आसन गर्दा सजिलै पेटलाई घटाउन अथवा कम गर्न सकिन्छ। साथै नौकासन हाम्रो नाइटो अथवा नाभिलाई सही रूपमा सेट गर्न नौकासन गर्नुपर्दछ। जसको बारम्बार गानो गोला जानी हुन्छ र गानोगुलाको समस्या छ उनीहरूको लागि नौकासन एकदमै उत्तम आसन हुन जान्छ।
 
नौकासन गर्ने तरिका : नौकासनको लागि दरी कम्बल वा योग म्यात को प्रयोग गर्न सकिन्छ। नौकासन गर्न सुरुमा दण्डासनमा आउनुपर्छ। दण्डासनमा आइसकेपछि कुहिनोको बलमा आउने र छातीको एकदम फुलाउने र दुई ओटै खुट्टा लाई ३० डिग्री देखि ४० डिग्री सम्म उठाउने यो पोजिसन एक मिनेट सम्म गर्नुपर्दछ। यो आसन गर्दा छाती फुलाउँदै खुट्टा सिधा र आँखाले खुट्टाको औंला हेर्दै हेर्ने प्रयासमा गर्नुपर्दछ। एक मिनेटसम्म गरिसकेपछि बिस्तारै फर्किनुस् र सामान्य अवस्थामा आउनुपर्दछ।
 
नौकासन गरिसकेपछि सवासनमा विश्राम गर्नुपर्दछ सभासनमा रहँदा आफ्नो दुवै खुट्टा र पेटको मांसपेेशी लाई ढिला छोड्दै लामो र गहिरो स्वास लिँदै विश्राम सहित शरीरमा भएको अनुभव बहन रिल्याक्स गहन गर्नुपर्दछ। विश्रामपछि दाहिने खुट्टा बायाँ खुट्टातिर मोडेर बिस्तारै सुरुको सामान्य आसनमा फर्किनुपर्दछ। आँखा बन्द गरेर सवासनमा विश्राम गर्नुपर्दछ। र आसन गर्नुभन्दा पहिला र गरिसकेपछिको अनुभव गर्नु आवश्यक हुन्छ। नौकासन गर्दा भाइब्रेसन हुन्छ। निरन्तर अभ्यासपछि कम्पन भाइब्रेसन हुन बन्द भएर जान्छ।
 
नौकासन गर्दाको फाइदा : नौकासनले पेट लाई घटाउने काम गर्दछ। पेटको मांसपिसिला बलियो र सन्तुलन  राख्दछ। पाचन प्रणाली बलियो बनाउँदछ। गानो गोला जस्ता समस्याबाट बचाउँदछ । नौकासनले हड्डीलाई मजबुत गराउँदछ। मौकासनले पेटको मोटोपनलाई घटाउँदछ। मौकासनले पेटमा रगत तीव्ररूपमा प्रवाह गराउँदछ।
 
सावधानी : पेटमा अल्सर हर्निया भएका व्यक्तिहरू गर्भावस्था र महिनावारी भएको महिलाहरूले यो आसन गर्नु हुँदैन।
 
नौकासन गर्दा ध्यान दिनुपर्ने कुराहरू :
 
1)नौकासन गर्दा आफ्नो छाती क्षमता अनुसार धेरैभन्दा धेरै फुलाउने प्रयास गर्ने ताकि पेट र माङ्सेपिसीमा खिचाप बढेसँगै जसले गर्दा तपाईँको कम्मरमा जोड बढी नपरोस्।
 
2)यो आसन गर्दा आफ्नो दुवै खुट्टाको आफूतिर खिच्दा पेट र मांसपेसीमा खिचाप बढ्न जान्छ। त्यसैले नौकासन गर्दा आफ्नो गर्दनलाई ढिला छोड्नुपर्दछ।
 
3)नौकासन गर्दा फाइदा लिनको लागि खाली पेटमा प्रत्येक दिन ३ मिनेट गर्दा धेरै राम्रो फाइदा हुन्छ।
 
स्रोत - अन्तर्राष्ट्रिय योगापिस संस्थान योगाचार्य ढाकाराम सापकोटा। Www.yogapeace.org अन्तर्राष्ट्रिय एकापिस संस्थान, योग प्रशिक्षक 
 

सम्बन्धित समाचार

Facebook Comments