• १९ असार २०८३, शुक्रवार
  • २० °C काठमाडौं
जसपाको विद्यार्थी संगठनद्वारा सहिदको सम्झनामा दीप प्रज्वलन

अफजल खान, ६ माघ, गुलरिया (बर्दिया) । जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठनले मधेस आन्दोलनका शहीदको स्मरणगर्दै बर्दियामा दीप प्रज्वलन गरेको छ । शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ नेपाल समाजवादी बिधार्थी युनियन नेपालको आयोजना गुलरिया स्थित गणेशमान चोकमा दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो ।

सहभागीहरुले शहिदहरुको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा बोल्दै बिद्यार्थी नेता पंकज यादबले १७ औं बलिदानी दिवसमा सहभागी भई २०६३ माघ १ गते मधेस आन्दोलन सुरु भएको स्मरण गराउनु भयो । मधेस आन्दोलनका प्रथम शहीद रमेश महतो लगायतका शहीदहरूप्रति सम्मान व्यक्तगर्दै यादबले मधेस आन्दोलनकै कारण मधेशी, महिला, जनजातिको अधिकार सुनिश्चित भएको दाबी बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments