• १४ असोज २०८०, आइतवार
  • २१ °C काठमाडौं
बाँसगढीको दमौलीमा युवा मैत्रीपूर्ण फूटवल खेल शुरु

विन्दु चौधरी, बाँसगढी । सटहरिया एफसि युवा क्लवको आयोजनामा बाँसगढी–६ दमौलीमा प्रथम युवा मैत्रीपुर्ण खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ । बाँसगढी नगरपालिका वार्ड नम्बर ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले खेलाडीलाई फुटवल हस्तान्तरण गरी खेल उद्घाटन गर्नु भएको हो ।


दमौली खेलमैदानमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा २० वटा टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा वडाअध्यक्ष क्षेत्रीले वडा भित्र आयोजना हुने खेलकुद प्रतियोगितामा वडाले उल्लेख्य सहयोगगर्दै आएको वताउनु भयो । उहाँले आउँदा दिनमा पनि खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गर्ने क्रममा क्लवका अध्यक्ष अम्मर चौधरीले स्थानिय लगायत अन्य खेलपे्रमीबाट प्राप्त सहयोग मार्फत खेलकुदको आयोजना गरिएको बताउनु भयो ।


प्रतियोगिताको मुख्य प्रायोजक न्यू इन्द्रजित साईकल स्टोरका संचालक इन्द्रजित बुढाक्षेत्री र रामप्रसाद निर्माण सेवा तथा चौधरी ढुवानी सेवाका संचालक राम प्रसाद चौधरीले सह प्रायोजन गर्नु भएको छ । त्यस्तै पानीको ब्यवस्था अपिक मिनरल वाटरका विपिल पौडेलले गर्नुभएको छ । प्रथम युवा मैत्रीपुर्ण खुल्ला फुटवल प्रतियोगितामा बर्दिया जिल्ला फुटवल संघका अध्यक्ष अजित राजभण्डारी, नगरस्तरिय युवा संजालका अध्यक्ष एकनारायण अधिकारी सहभागीता थियो ।

त्यस्तै बर्दिया जिल्ला फुटवल संघका सदस्य तथा मधुवन खेलकुद विकास समितीका अध्यक्ष तिलक मल्ल, बर्दिया जिल्ला फुटवल प्रशिक्षक रामजित थारु, बर्दिया जिल्ला रेफ्रि संघका अध्यक्ष विवश गुरुंग, बर्दिया ग्रासरुट प्रशिक्षक विष्णविक्रम चौधरी लगायतको सहभागिता रहेको थियो । खेलमा प्रथम हुनेलाई २१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई ११ हजार, शिल्ड, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यसैगरि प्रतियोगितामा उत्कृष्ट प्लेयर, लिफटर, किपर र डिफेन्डरलाई पनि पुरस्कृत गरिने जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments