• १३ माघ २०८१, आइतवार
  • १४ °C काठमाडौं
गुलरियामा आयोजित रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन  

प्रमिला चौधरी, १६ माघ, बर्दिया । र्दुव्यसन त्यागौ, सेवामुखी बनौँ भन्ने मुुल नारासहित  बर्दियाको गुलरियामा रक्त संकलन गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिष्द नेपालको ३३ औँ वार्षिक उत्सव तथा ३४ औँ स्थापना दिवसको अवसरमा मंगलबार गुलरिया स्थित राधाकृष्ण चोकमा बृहत रक्तदान कार्यक्रम गरिएको हो । 

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल लुम्बिनी प्रदेश जिल्ला समिति बर्दियाको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन गरिएको परिषद बर्दियाका अध्यक्ष हेमन्त चौधरीले बताउनु भयो । कार्यक्रम मार्फत सवैमा सेवा र सहयोगको भाव जागृत गर्नु रहेको उहाँको भनाई छ ।

गुलरिया नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको समन्वयनमा संकलन गरिएको रगत बर्दिया अस्पतालका विरामीहरुले प्रयोग गर्ने गरी रेडक्रसमा राखिएको उहाँको भनाई छ । कार्यक्रममा विभिन्न  संघसंस्थाका व्यक्तिहरु, समाजसेवी सहभागी भएर आफनो रगत सहयोग गरेका छन् । 

सम्बन्धित समाचार

Facebook Comments