• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
समुदायको साँस्कृतिक पोशाक जगेर्नागर्दै विद्यालय

हरी गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ बालकुमारी स्थिथ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बालबालिका मार्फत साँस्कृतिक पहिरन जगेर्ना गरिदै आएको छ । शैक्षिक सत्र ०८० देखि प्रत्येक महिनाको अन्तिम दिन साँस्कृतिक पोशाक लगाउन शुरूवात गरिएको छ ।

j
स्थानीय पालिकाले ल्याएको पाठ्यक्रम अनुसार सैद्धान्तिक र ब्यवहारिक ज्ञान पाउने उद्देश्यका साथ जिल्लामै पहिलो पटक सांस्कृतिक पहिरन लगाउने नेपाल राष्ट्रिय माध्यमिक बनेको छ । समुदायमा विभिन्न जातजाति बसोबास गर्ने भएकाले उनीहरुको भेषभुषा, परम्परा, रितिरिवाज र पोशाकका बारेमा जानकारी हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद चौधरीले बताउनु भयो । बालबालिकाले अन्य जातजातिका सांस्कृति पहिरनका बारेमा जान्ने मौका पाएका छन् । आफ्नो संस्कृति, रितिरिवाज, परम्परा, पहिरन बिर्सदै गईरहेको बेलामा पुस्ता हस्तान्तरण गरीे संस्कृति तथा पोशाकको जगेर्ना गर्ने अभियानमा विद्यालय लागेको उहाँको भनाई छ ।


बर्दिया जिल्लामा थारु जातीको बाहुल्यता भएकाले आफ्नो सांस्कृतिक पहिरन लगाउँछन तर अन्य जातिको साँस्कृतिक पहिरन पश्चिमी सभ्यताले गर्दा लोप हुने अवस्थामा पुगेको छ । उहाँले थप्नुभयो त्यस्लाई जगेर्ना गर्न विद्यालय अघि सरेकोे छ । अन्य जातिको साँस्कृतिक पहिरन कस्तो हुन्छ भन्ने कुरा अबका पुस्ताहरुलाई थाहा समेत छैन । पोशाक जगेर्ना गर्न र थाहा पाउन अभियानले सहयोग पुग्ने हाम्रो विस्वास छ ।

कतिपय बालवालिकाहरुले आफ्ना साँस्कृतिक पोशाक, पहिचान एवम् रिति–रिवाजहरु भुल्दै गैरहेको मधुवन नगर कार्यपालिका सदस्य राधा पौडेलले बताउनु भयो । त्यस्लाई बचाई राख्न बालबालिकाहरुबाट नै शुरूवात गर्न जरुरी छ । उहाँले भन्नुभयो आफ्नो जातिको साँस्कृतिक पहिरन लगाउदा जगेर्ना हुने र पहिचान पनि जोगिन्छ । संस्कृति पहिरन मात्रै नभएर स्थानीय समुदायका विभिन्न किसिमको सामाग्रीहरु विद्यालयका विध्यार्थीहरुलाई जानकारी गराउन आवश्यक छ । जस्लाई देखेर त्यस बारेमा जान्न र बुझ्न विद्यार्थीहरुलाई सहज हुने विद्यालयका छात्र नेत्रप्रसाद आचार्यको भनाई छ ।


थारु संस्कृति, पहिरन चाडपर्वमा लगाउने गरेतापनि अचेल विद्यालयमा महिनाको अन्तिम दिन आफ्नो संस्कृति पहिरन लगाउदा र अन्य जातिको संस्कृति पहिरनका बारेमा जान्न र बुझ्न पाउँदा खुशी लागेको विद्यालयमा अध्ययनरत छात्रा मनिसा थारु बताउनुहुन्छ । बर्दिया जिल्लाका आठ वटै पालिका अन्तर्गत रहेका विद्यालयहरुमा संस्कृति, पहिरन, पहिचान, रिति–रिवाज बारे विद्यालयहरुमा संचालन गर्न जरुरी रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments