• १० असार २०८३, बुधवार
  • २८ °C काठमाडौं
स्वास्थ्य स्वयंसेविकासँग सहकार्यगर्दै शान्ति पुर्नस्थापना गृह

माघ १८, गुलरिया (बर्दिया) । घरेलु हिंसा, वालविवाह, लागुऔषध विरुद्ध सचेतना लगायत मानव वेचविखन तथा ओसारपसार बिरुद्ध परामर्शसँगै सुरक्षित आवास सेवा संचालनगर्दै आईरहेको शान्ति पुर्नस्थापना गृह गुलरिया बर्दियाले स्वास्थ्य स्वयंसेविकाहरुसँग सहकार्य गरी कार्यक्रम प्रभावकारी बनाउने भएको छ । बिहिवार पालिका स्थित स्वास्थ्य स्वयंसेविकाहरुलाई संस्थाको कार्यक्षेत्र तथा काम सम्बन्धी अभिमुखीकरण मार्फत छलफलगर्दै सहकार्यको हात बढाएको छ ।

स्वास्थ्य स्वयंसेविका संजाल गुलरियाकी अध्यक्ष दुर्गा रावलले समाजमा घरेलु हिंसा, वालविवाह, लागुऔषध र्दुव्यवसनी लगायत मानव वेचविखन तथा ओसारपसार हुने क्रम नरोकिएकोले सबैको सहकार्य र समन्वय मार्फत निरुत्साहित गर्न स्वास्थ्य स्वयंसेविकाहरु तयार रहेको बताउनु भयो । टोलटोलका घरघरमा स्वयंसेविकाहरु पुग्ने भएकाले पनि समाजमा हुने गरेका विभिन्न हिंसाहरु न्यायको ढोकासम्म पुर्याउन आफूहरु लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

शान्ति पुर्नस्थापना गृहले सुरक्षित आवास सेवासँगै जोखिममा परेका पीडितहरुलाई परामर्श दिदै आएको गृहकी संयोजक सपना शर्माले बताउनु भयो । गत बर्ष महिला बालवालिका गरी ५३ जनालाई उद्धार गरेको संस्थाले श्रावणदेखि पौष मसान्त सम्म ६ सय १३ जनालाई परामर्श दिएको उहाँको भनाई छ । जसमध्ये ३८ जनाको उद्धार गरिएको छ । १५ वटा घटना प्रहरीमा, २३ जनालाई पारिवारिक पुर्नमिलन गराएका छौं । सीमा क्षेत्रमा दिनप्रति दिन विभिन्न वहानामा युवायुवतीहरु भारत जाने क्रम बढ्दो छ । हामीले त्यस्ता सम्भावित जोखिममा परेका महिला वालवालिकाहरु पहिचान गरी भारतीय तथा नेपाली सुरक्षाकर्मीसँगको समन्वय सहकार्यमा उद्धार गर्छौ ।

सम्बन्धित समाचार

Facebook Comments